9 months ago
March 9, 2025
काठमाडौं(हाम्रो खेलकुद) – तीव्रगतिका बलर कमलसिंह ऐरीले ४ विकेट लिए पछि प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।
रुपेन्देहीको एस्ट्राटेक ओभलमा आइतवार एपिएफले बागमती प्रदेशलाई १ सय रनले पराजित गर्यो। १ सय ७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रनमा समेटियो ।
बागमतीका लागि शुभ कसांकार बाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
शुभले सर्वाधिक १६ रन जोडे । एपिएफका लागि कमलले ८.२ ओभरमा २७ रन खर्चिएर महत्वपुर्ण ४ विकेट लिए । कप्तान रोहितकुमार पौडेल र अमरसिंह राउटेलाले समान २ तथा अभिनाष बोहोराले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४४ ओभरमा १ सय ७४ रनमा समेटिएको थियो । एपिएफका लागि सन्दीप जोराले ६२ बलको सामना गर्दै २ चौकाको सहयोगमा सर्वाधिक ३७ रन जोडे ।
दिपक बोहोरा २५ तथा कमलसिंह १५ रनमा आउट हुँदा अमरसिंह २६ रनमा नट आउट रहे । बागमतीका लागि रिजन ढकालले ८ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । नन्दन यादवले ३ र सुर्य तामाङले २ विकेट लिए ।
एपिएफले बिहीवार एस्ट्राटेकमा मधेश प्रदेशसँग खेल्नेछ । बागमतीले सोमवार सिद्धार्थ मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]