default_image

9 months ago

March 10, 2025

च्याम्पियन्स ट्रफी -आयोजक पाकिस्तान, उपस्थिति शुन्य

1448 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका पूर्व बलर शोएब अख्तरले आइतवार दुबईमा सम्पन्न च्याम्पियन्स ट्रफीको पुरस्कार वितरण समारोहमा पाकिस्तानको प्रतिनिधि उपस्थित नभएकोमा निराशा व्यक्त गरेका छन्।

अख्तरले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) को कोही प्रतिनिधि त्यहाँ उपस्थित हुनुपर्ने र भारतका कप्तान रोहित शर्मालाई ट्रफी हस्तान्तरण गर्नुपर्ने बताएका छन्। भारतले रोमाञ्चक फाइनलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

एक्स (पहिलेको ट्विटर) मा पोस्ट गरिएको भिडियोमा शोएब अख्तरले पाकिस्तान आधिकारिक आयोजक भए पनि दुबईको त्यस भव्य कार्यक्रममा कुनै पनि पाकिस्तानी प्रतिनिधि नभएको देख्दा दुख लागेको बताएका छन्।

च्याम्पियन्स ट्रफी विजेता कप्तान रोहित शर्मालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष जय शाहले ट्रफी प्रदान गरे। भारतको क्रिकेट बोर्ड (बिसिसिआई) का अध्यक्ष रोजर बिन्नीले च्याम्पियन खेलाडीहरूलाई ब्लेजर लगाइदिए । अष्ट्रेलियाका पूर्व कप्तान आरोन फिन्च र बिसिसिआईका सचिव देवजित सैकिया पनि मनमचमा थिए।

‘भारतले आइसिसी च्याम्पियन्स ट्रफी जितेको छ। तर एउटा अचम्मको कुरा के थियो भने, पुरस्कार वितरण समारोहमा पाकिस्तान क्रिकेट बोर्डको कुनै पनि व्यक्ति थिएन। पाकिस्तान च्याम्पियन्स ट्रफीको आयोजक हो, तर त्यहाँ उभिने कुनै पाकिस्तानी प्रतिनिधि नै थिएन। कसैले ट्रफी हस्तान्तरण गरेनन्। यो कुरा मेरो बुझाइभन्दा बाहिर छ। सोच्नुहोस् त, प्रतियोगिता हामीले आयोजना गरेका थियौं, तर अन्तिम क्षणमा हामी त्यहाँ नै थिएनौं। यो देख्दा धेरै निराश महसुस भयो,’ अख्तरले भनेका छन् ।

पिसिबी अध्यक्ष मोहसिन नकवीसमेत पुरस्कार वितरण समारोहमा अनुपस्थित रहनु आश्चर्यजनक मानिएको छ। बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाले मार्च ५ मा लाहोरमा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको दोस्रो सेमिफाइनल हेर्न गएका थिए।

भारत फाइनल पुगेका कारण पाकिस्तानले च्याम्पियन्स ट्रफीको फाइनल आयोजना गर्न पाएन। भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अपनाइएको हाइब्रिड मोडेलअनुसार फाइनल दुबईमा भएको हो। भारतले आफ्नो सबै खेल दुबईमा खेल्यो । भारत फाइनल नपुगेको भए मात्र फाइनल लाहोर हुन्थ्यो ।

पाकिस्तानले २९ वर्षपछि आइसिसीको कुनै ठूलो प्रतियोगिता आयोजना गर्ने मौका पाएको थियो। तर घरेलु मैदानमा पाकिस्तानले केवल एउटा मात्र खेल खेल्न पायो।

पाकिस्तानले कराँचीमा न्युजिल्यान्डसँग पराजय भोग्यो । त्यसपछि दुबईमा भारतसँग पनि हार बेहोर्यो । समूह ‘ए’ को बंगलादेशकोसँगको अन्तिम खेल रावलपिन्डीमा वर्षाका कारण रद्द भएको थियो।

भारत प्रतियोगिताभर अपराजित रह्यो र प्रभावशाली प्रदर्शन गर्दै उपाधि जित्यो। कप्तान रोहित शर्माले फाइनलमा अगुवाइ गर्दै ७६ रनको महत्त्वपूर्ण इनिङ्स खेले।

स्पिनरहरू वरुण चक्रवर्ती र कुलदीप यादवले उत्कृष्ट बलिङ गर्दै न्युजिल्यान्डलाई दबाबमा राखे र टोलीलाई जित दिलाउन भूमिका खेले।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.