default_image

9 months ago

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

816 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ

नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ।

ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले अनावरण गरे ।

प्रतियोगितामा ७ प्रदेशको प्रहरी कार्यालय र काठमाडौंको १ गरी कुल ८ टोलीको सहभागिता रहने नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको इतिहासमा पहिलो पटक सञ्चालन हुने प्रतियोगिताबाट भविष्यमा संगठन भित्रबाटै स्तरीय खेलाडी उत्पादन गर्न सहयोग पुर्‍याउने विश्‍वास प्रहरीले लिएको छ ।

सोही अवसरमा नेपाल प्रहरी क्रिकेटको लागि ड्रिम प्रोजेक्टको रुपमा रहेको इण्डोर क्रिकेट मैदानको उद्‍घाटन गरिएको छ । ट्रफी अनावरण कार्यक्रम पश्‍चात सम्पन्न समुद्‌घाटन कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गिरीले रिवन काटी उक्त क्रिकेट ग्राउण्डको उद्‍घाटन गरे।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशकको रुपमा प्रवेश गरेसँगै नेपाल प्रहरी खेलकुद समितिको सदस्य-सचिवको हैसियतले आफूले बोकेको महत्वकांक्षाले सार्थकता प्राप्त गरेमा गौरवान्वित महसुस गरिरहेको गिरीले बताए ।

नेपाल प्रहरीभित्र आन्तरिक खेलकुद अन्तर्गत यो वर्ष आइजिपी रनिङ शिल्ड पुरुष फुटबल प्रतियोगिता तथा प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता भइसेकेको छ ।

नेपाल प्रहरीका दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, ललित नारायण राजवंशी, सागर ढकाल, करण के.सी. र गुल्सन कुमार झा राष्ट्रिय क्रिकेट टोलीका पनि सदस्य हुन्।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.