9 months ago
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश पहिलो जित दर्ज गर्न सफल भएको छ। आज गण्डकीले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्यो।
कम योगफलको प्रतिस्पर्धामा गण्डकीले जितको लागि मात्र ९२ रनको सहज लक्ष्य पायो। जहाँ उसले २९.१ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो।
सहज लक्ष्य पाएपनि गण्डकीले सुरुवात कमजोर गर्यो। २१ रन जोड्दा ४ विकेट गुमायो। पहिलो कर्मका ३ खेलाडी समिर कँडेल बिना कुनै रन आउट भए। अर्जुन कुमाल र वंश क्षेत्री पनि समान ६ रन जोडेर पबिलियन फर्के। लगतै सुबाश भण्डारी पनि ४ रनमा आउट भए।
यसपछि दीपक डुम्रेले सम्हालिदै अविजित अर्धशतक प्रहार गर्दै टिमलाई जित दिलाए। उनले ७८ बल खेल्दै ७ चौका सहित अविजित ५० रन बनाए। सुजन गौतम अविजित २२ रनमा रहे। बलिङमा दीवान पुनले ३ र दीपेन्द्र रावतले २ विकेट लिए।
दाङको देउखुरी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २७.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९१ रन बनायो।
विपिन शाहीले सर्वाधिक २० रन बनाए। अर्जुन घर्तीले १७, विपिन रावतले १५ र हिमांशु शाहीले १२ रन बनाए। यसबाहेक अन्यले दोहोरो रन छुन सकेनन्। बलिङमा चन्द्र पौडेल, सुबाश भण्डारी र विपिन खत्रीले समान २ विकेट लिए।
दुई खेल खेलेको गण्डकीको यो पहिलो जित हो। उसले २ अंक बनाएको छ। पहिलो खेल जित्दै विजयी सुरुवात गरेको कर्णालीको यो पहिलो हार हो। उसको पनि २ अंक छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]