default_image

9 months ago

March 11, 2025

मधेशको सानदार सुरुवात

605 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए।

जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ३३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १९ रनमा समेटियो।‌

कोशीका ओपनरद्वय चुराग शाह र कप्तान अंकित सुवेदी विना रन जोडी आउट भए। दुवैलाई रुपेशले एलबिडब्लु धरापमा पारे। लगत्तै आशिष भट्टराई ३ रनमा फेरि रुपेशकै बलमा एलबिडब्लु आउट भए। १७ रन बनाउँदा कोशीले ३ विकेट गुमायो।

रुपेशले मधेशलाई बलिङ मार्फत सानदार सुरुवात दिए। यसपछि पनि निरन्तर अन्तरालमा विकेट झरिनै रह्यो। ठूलो साझेदारी बन्न नसक्दा कोशी दबाबमा पर्यो।

कोशीको लागि सकिब हकले सर्वाधिक २५, सुजन थपलियाले २४, फिर्दोश अन्सारीले २१ र दीपेश कँडेलले २० रन बनाए। यी ४ बाहेक अन्यले दोहोरो रन छुन सकेनन्। बलिङमा रुपेशले ९ ओभर बलिङ गर्दै मात्र २९ रन दिएर ५ र राजेश यादवले ३ विकेट लिए।

त्यसअघि सिद्धार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८४ रनको ठुलो योगफल बनायो।

३ खेलाडीले अर्धशतक प्रहार गरे। ओपनर मयान यादव १० रनमा विपिन महतोको बलमा आउट भए।
तर दोस्रो विकेटको लागि कप्तान अनिल शाह र हरिशंकर शाहले ८७ रनको साझेदारी गरे।

हरिशंकर २९ रन जोडेर आउट भए। अनिलले अर्धशतक बनाए। उनले ७५ बल खेल्दै १० चौकाको मदतमा ७५ रनको पारी खेले।

त्यसपछि पवन सराफ र दिनेश दासले पाँचौं विकेटको लागि १ सय २३ रनको तारिफयोग्य साझेदारी गरे। उनीहरुले कोशीका बलरहरूलाई निरिह बनाइदिए।

यो क्रममा दुवैले अर्धशतकको सफलता पनि प्राप्त गरे।पवन भने शतकबाट मात्र ८ रनले चुके। ८५ बल सामना गरेका उनले ११ चौका र २ छक्का प्रहार गर्दै ९२ रनको महत्वपूर्ण इनिङ्स खेले।

विपिन महतोले उनलाई आउट गरे। दिनेश अविजित ५६ रनमा रहे। बलिङमा कोशीका विपिन महतो र प्रकाश कार्कीले समान २ विकेट लिए।

पहिलो खेलमा जित निकालेको मधेशले २ अंक बनायो। लगातारको दोस्रो हारमा कोशीले अंकको खाता खोल्न सकेको छैन्। कोशी पहिलो खेलमा लुम्बिनी प्रदेशसँग हारेको थियो।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.