9 months ago
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए।
जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ३३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १९ रनमा समेटियो।
कोशीका ओपनरद्वय चुराग शाह र कप्तान अंकित सुवेदी विना रन जोडी आउट भए। दुवैलाई रुपेशले एलबिडब्लु धरापमा पारे। लगत्तै आशिष भट्टराई ३ रनमा फेरि रुपेशकै बलमा एलबिडब्लु आउट भए। १७ रन बनाउँदा कोशीले ३ विकेट गुमायो।
रुपेशले मधेशलाई बलिङ मार्फत सानदार सुरुवात दिए। यसपछि पनि निरन्तर अन्तरालमा विकेट झरिनै रह्यो। ठूलो साझेदारी बन्न नसक्दा कोशी दबाबमा पर्यो।
कोशीको लागि सकिब हकले सर्वाधिक २५, सुजन थपलियाले २४, फिर्दोश अन्सारीले २१ र दीपेश कँडेलले २० रन बनाए। यी ४ बाहेक अन्यले दोहोरो रन छुन सकेनन्। बलिङमा रुपेशले ९ ओभर बलिङ गर्दै मात्र २९ रन दिएर ५ र राजेश यादवले ३ विकेट लिए।

त्यसअघि सिद्धार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८४ रनको ठुलो योगफल बनायो।
३ खेलाडीले अर्धशतक प्रहार गरे। ओपनर मयान यादव १० रनमा विपिन महतोको बलमा आउट भए।
तर दोस्रो विकेटको लागि कप्तान अनिल शाह र हरिशंकर शाहले ८७ रनको साझेदारी गरे।
हरिशंकर २९ रन जोडेर आउट भए। अनिलले अर्धशतक बनाए। उनले ७५ बल खेल्दै १० चौकाको मदतमा ७५ रनको पारी खेले।
त्यसपछि पवन सराफ र दिनेश दासले पाँचौं विकेटको लागि १ सय २३ रनको तारिफयोग्य साझेदारी गरे। उनीहरुले कोशीका बलरहरूलाई निरिह बनाइदिए।
यो क्रममा दुवैले अर्धशतकको सफलता पनि प्राप्त गरे।पवन भने शतकबाट मात्र ८ रनले चुके। ८५ बल सामना गरेका उनले ११ चौका र २ छक्का प्रहार गर्दै ९२ रनको महत्वपूर्ण इनिङ्स खेले।

विपिन महतोले उनलाई आउट गरे। दिनेश अविजित ५६ रनमा रहे। बलिङमा कोशीका विपिन महतो र प्रकाश कार्कीले समान २ विकेट लिए।
पहिलो खेलमा जित निकालेको मधेशले २ अंक बनायो। लगातारको दोस्रो हारमा कोशीले अंकको खाता खोल्न सकेको छैन्। कोशी पहिलो खेलमा लुम्बिनी प्रदेशसँग हारेको थियो।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]