9 months ago
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।
रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
आर्मीका लागि सन्तोष कार्कीले ६३ बलमा १० चौकाको मद्दतमा नट आउट रहँदै सर्वाधिक ५५ रनको योगदान गरे । तृतराज दासले ३१ रनमा आउट हुँदा कप्तान विनोद भण्डारीले २० रनमा नट आउट रहे ।
ओपनर सन्तोषले तेस्रो विकेटका लागि विनोदसँग नट आउट ६१ र पहिलो विकेटका लागि तृतराजसँग ५३ रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि शेर मल्ल र मिलन बोहराले समान विकेट लिए ।
त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४५.३ ओभरमा १ सय १७ रनको योगफलमा समेटिएको थियो ।
सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले १ सय २१ बलमा २ चौकाको मद्दतले नट आउट सर्वाधिक ४९ रन जोडे । यसैगरी सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६ रन बनाए । सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आर्मीका लागि शहाब आलमले ४, सोमपाल कामीले २ तथा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लले समान १ विकेट लिए ।
जितसँगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ । पराजित सुदूरपश्चिमको ३ खेलबाट २ अंक छ । आर्मीले पहिलो खेलमा बागमतीलाई हराएको थियो । पहिलो खेलमा कर्णालीसँग हार बेहोरेको सुदूरपश्चिमले गण्डकीलाई भने पराजित गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]