9 months ago
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।
रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
आर्मीका लागि सन्तोष कार्कीले ६३ बलमा १० चौकाको मद्दतमा नट आउट रहँदै सर्वाधिक ५५ रनको योगदान गरे । तृतराज दासले ३१ रनमा आउट हुँदा कप्तान विनोद भण्डारीले २० रनमा नट आउट रहे ।
ओपनर सन्तोषले तेस्रो विकेटका लागि विनोदसँग नट आउट ६१ र पहिलो विकेटका लागि तृतराजसँग ५३ रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि शेर मल्ल र मिलन बोहराले समान विकेट लिए ।
त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४५.३ ओभरमा १ सय १७ रनको योगफलमा समेटिएको थियो ।
सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले १ सय २१ बलमा २ चौकाको मद्दतले नट आउट सर्वाधिक ४९ रन जोडे । यसैगरी सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६ रन बनाए । सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आर्मीका लागि शहाब आलमले ४, सोमपाल कामीले २ तथा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लले समान १ विकेट लिए ।
जितसँगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ । पराजित सुदूरपश्चिमको ३ खेलबाट २ अंक छ । आर्मीले पहिलो खेलमा बागमतीलाई हराएको थियो । पहिलो खेलमा कर्णालीसँग हार बेहोरेको सुदूरपश्चिमले गण्डकीलाई भने पराजित गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]