9 months ago
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ।
क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्।
ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक ५० हजार रुपैयाँ पाउनेछन्। युवा एक खेलाडी पूजा ग्रेड ‘ए’ मा पर्न सफल रहिन्।
ग्रेड ‘बी’ मा यो पटक कविता जोशी मात्र परेकी छिन्। उनले मासिक ३५ हजार रुपैयाँ प्राप्त गर्नेछिन्।
ग्रेड ‘सी’ मा कविता कुँवर र सम्झना खड्कालाई राखिएको छ। उनीहरूले मासिक २५ हजार रुपैयाँ पाउनेछन्।
सबैभन्दा धेरै १२ खेलाडी ग्रेड ‘डी’ मा परेका छन्। विन्दु रावल, अलिशा यादव, सना प्रवीण, रिया शर्मा, सीमा केसी, सावित्रा धामी, रोमा थापा, इश्वरी बिस्ट, कृष्णा गुरुङ, जोत्स्निका मरासैनी, रचना चौधरी र मनिषा उपाध्याय यो श्रेणीमा परेका छन्। उनीहरूले मासिक २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यो कन्ट्रयाक्ट सन् २०२५ को जनवरी देखि जुनसम्मको लागि हो। यसपछि प्रदर्शन हेरेर पुन: सम्झौता हुने क्यानले जनाएको छ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]