9 months ago
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कमलसिंह ऐरीको अलराउण्ड प्रदर्शनको सहयोगमा एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
लगातार दोस्रो जित हात पार्ने क्रममा बिहीवार भएको खेलमा एपिएफले मधेश प्रदेशलाई २ विकेटले हरायो । १ सय ६९ रनको सामान्य लक्ष्य एपिएफले ३६.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
एपिएफको जितमा सुमित महर्जनले ४५ बलमा ५ चौकासहित सर्वाधिक ३५ रन जोडे । ओपनर आसिफ शेखले ३४ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३४ रन जोडे ।
अर्का ओपनर लोकेश बमले ११ बलमा १८ रन बनाए । प्लेयर अफ द म्याच भएका कमलले ३१ बलमा ३ छक्काको सहयोगमा नट आउट २८ रन जोडे । अमरसिंह राउटेला १६ तथा कप्तान रोहित कुमार पौडेल ११ रनमा आउट भए ।
मधेशका कमल गुप्ताले ४, प्रदिप पासवानले २ तथा हरिशंकर शाह र रुपेश सिंहले समान १ विकेट लिए ।
त्यसअघि दाङको लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको मधेश ४०.४ ओभरमा १ सय ६८ रनको सामान्य योगफलमा समेटिएको थियो ।
मधेशका लागि अघिल्लो खेलमा शतकबाट चुकेका पवन सरार्फले सर्वाधिक ७७ रन जोडे । पवनले ७७ बलको सामना गर्दै ८ चौका र ५ छक्का प्रहार गरेका थिए ।
कप्तान अनिल शाह १८ बलमा १७, मयन यादव ११ र रुपेश सिंह र प्रदिप पासवान समान १० रनमा आउट भए ।
एपिएफका लागि कमलले ४, कप्तान रोहित र भुवन कार्कीले समान २ तथा अभिषेक गौतमले १ विकेट लिए ।
लगातार दोस्रो जित निकालेको एपिएफ ४ अंकका साथ दोस्रो स्थानमा छ । एपिएफले पहिलो खेलमा बागमतीलाई पराजित गरेको थियो ।
पराजित मधेशको २ खेलबाट २ अंक भएको छ । पहिलो खेलमा मधेशले कोशी प्रदेशलाई पराजित गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]