default_image

9 months ago

March 14, 2025

नेपालविरुद्ध हङकङको बलियो योगफल

1043 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालविरुद्ध हङकङले बलियो योगफल तयार गरेको छ ।

लिग चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५ रनको बलियो लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको हो ।

हङकङका लागि साञ्जिन शाहजादले ४७ बलमा ५ चौका र १ छक्का सर्वाधिक ५४ रन जोडिन् । चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भइन् ।

नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दु बर्माले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १ विकेट लिए ।

नेपालले सिरिजमा ५ खेल खेल्दा ४ मा हार बेहोरेको छ ।फाइनल पुग्ने नेपालको सम्भावना समाप्त भइसकेको छ । हङकङ भने खेलेको ५ मध्ये ३ मा जितका साथ फाइनल प्रवेशको सम्भावनामा रहेको छ ।

यस खेलमा नेपाललाई पराजित गर्दै हङकङ फाइनलमा स्थान पक्का गर्ने लक्ष्यमा रहेको छ । यसै सिरिजमा यसअघिको भेटमा हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.