9 months ago
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ ।
शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो ।
सुदूरपश्चिमका लागि ओपनर टेक रावतले सर्वाधिक ४५ रन जोडे । उनले ८८ बलको सामना गर्दै ३ चौका प्रहार गरे ।
कप्तान नारायण जोशीले २५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रन जोडे । राहुल भण्डारी ४९ बलमा २६ तथा किरण ठगुन्ना २१ बलमा २१ रन जोड्दै आउट भए ।

निश्चल खत्री १४, शेर मल्ल , खडक बोहोरा ७ र हेमन्त धामी ७ रनमा आउट भए । बागमतीका लागि सोनु देवकोटाले १० ओभरमा ४९ रन खर्चिएर ४ विकेट लिए । रिजन ढकालले १० ओभरमा ३० रन खर्चिएर ४ विकेट लिए । प्रतिस जिशीको नाममा १ विकेट रह्यो ।
त्यसअघि भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६६ रनको योगफल तयार गरेको थियो ।

बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ७७ रन जोडे । शुभले ६८ बलको सामनामा ५ चौका र ४ छक्का प्रहार गरेको थियो । ओपनर आशुतोष घिरैयाले १ सय १ बलमा ५ चौकाको सहयोगमा ५८ रन जोडेका थिए ।
इशान पाण्डे ५२ बलमा ३६, कप्तान पृथु बास्कोटा र प्रतिस जिशी समान १५ रनमा आउट भए । विवेक मगर १० रनमा आउट हुँदा सुमन सुनार १२ रनमा नट आउट रहे ।
सुदूरपश्चिमका लागि सौय श्रेष्ठ, हेमन्त धामी र शेर मल्लले समान २ तथा कप्तान नारायण र राहुल भण्डारीले समान १ विकेट लिए ।

तेस्रो खेलमा पहिलो जित निकालेको बागमतीको २ अंक भएको छ । यसअघि बागमती दुई विभागीय टोलीहरु आर्मी र एपिएफसँग पराजित भएको थियो । चौथो खेलमा तेस्रो हार बेहोरेको सुदूरपश्चिमको पनि समान २ अंक छ ।
सुदूरपश्चिमले यसअघि आर्मी र कर्णालीसँग पराजित हुँदा गण्डकीलाई भने हराएको थियो । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ ।
सिंगल राउण्डमा जारी प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल हुनेछ । पुलिस प्रतियोगिताको गत संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]