default_image

9 months ago

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

860 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्।

शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो।

पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७५ रन बनायो । जसमा युवराज सेन ओलीको ४७ बलमा ८१ रनको योगदान गरे ।

दिपेन्द्र थापा २३ बलमा ३२ रन बनाए । सुदूरपश्चिमका बलर पशुपति मल्लले ४ ओभरमा १९ रन दिएर ५ विकेट लिए ।

१ सय ७६ रनको विजयी लक्ष्यका साथ ओर्लेको सुदूरपश्चिम १३.१ ओभरमा ६६ रनमा अल आउट भयो।‌ सुरेश सिंह पुजार १२ रन र पशुपति मल्ल १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।

लुम्बिनीका अनुप कुमार निषादले ४ ओभरमा १ मेडन राख्दै ६ रन दिएर ४ विकेट, रविन गौडेल २ ओभरमा ११ रन दिएर ३ विकेट लिए । लुम्बिनीका युवराज प्लेयर अफ दि म्याच घोषित भए।

दोस्रो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको मधेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रनको योगफल तयार पार्यो ।

टोलीका मुनाल यादवले अर्धशतकीय इनिङ खेले। मुनालले २९ बलमा ५४ रन जोडे। संजय साहको ४८ बलमा ३९ रन बनाए । प्रशिक्षण प्रतिष्ठानका चन्द्रदेव जोशी र राजन भट्टराईले समान २ विकेट लिए।

१ सय ५० रनको विजयी लक्ष्यसहिय जवाफी ब्याटिङ गरेको प्रशिक्षण प्रतिष्ठानले‌ २० ओभर ९ विकेटको क्षति १ सय‌ ३७ रन मात्र बनाउन सक्यो । हेमन्त सिंहले २८ रन, चन्द्रदेवले २० रन बनाए।

मधेशका अजय ठाकुरले, संजय साह र दिपेश रायले समान १ विकेट लिए। मधेशका संजय प्लेयर अफ दि म्याच घोषित भए। फाइनल भोलि हुनेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.