9 months ago
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।
आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट रहँदै सर्वाधिक १ सय १२ रन जोडे । तृतले १ सय ३९ बलको सामना गर्दै १४ चौका र १ छक्का प्रहार गरे । तृतले प्रधानमन्त्री कपमा आफ्नो पहिलो शतक १ सय ३२ बलमा पूरा गरे ।
जारी संस्करणको यो दोस्रो शतक हो । यसअघि सुदूरपश्चिमका किरण ठगुन्नाले शतक बनाएका थिए ।पिएम कपको इतिहासमा यो २६ औं शतक हो । आर्मीका लागि शतक बनाउने तृत तेस्रा खेलाडी हुन् । यसअघि विनोद भण्डारी र सागर पुनले मात्र शतक बनाएका थिए ।

चौथो विकेटका लागि तृत र बसिर अहमदकाबीचमा नट आउट १ सय २० रनको विजयी साझेदारी भएको थियो । बसिरले बसिरले ६२ बलमा ६ चौकाको सहयोगमा नट आउट ६१ रन जोडे ।
तेस्रो विकेटका लागि तृतले कप्तान विनोद भण्डारीसँग ५३ रनको साझेदारी गरे । कप्तान विनोदले ४८ बलमा २ चौकाको सहयोगमा २७ रन जोडे । भीम सार्की १२ र सन्तोष कार्की ७ रनमा आउट भए ।
कोशीका लागि प्रकाश कार्की, सन्दीप ढुगांना र भुपाल लुईंटेलले समान १ विकेट लिए ।
त्यसअघि रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गर्दै कोशीले ४९.३ ओभरमा २ सय ३० रन बनाएको थियो ।
कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे । सोनु अन्सारी ७४ बलमा ४ चौकाको सहयोगमा ४४ रन बनाए । सुजन थपलियाले ५४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४२ रन जोडे ।

२७ रनमा ३ विकेट गुमाएर समस्यामा परेको टोलीको चौथो विकेटका लागि सोनु र सुजनले ९२ रनको सानदार साझेदारी गरे । फिर्दोश अन्सारी १६ , चिराग साह १४ र सन्दीप ढुगांना २१ रनमा आउट रहे ।
आर्मीका लागि सोमपाल कामीले ४, शाहब आलम र आकाश चन्दले समान २ तथा कुशल मल्लले १ विकेट लिए । आर्मी खेलेका ४ खेलमा अपराजित रहँदै ८ अंकमा रहेको छ ।
खेलेका सबै चारै खेलमा पराजित कोशी अंकतालिकाको पुछारमा छ । सिंगल राउण्डका आधारमा जारी प्रतियोगिताको शीर्ष २ टोली फाइनलमा पुग्नेछन् ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]