default_image

9 months ago

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

622 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो ।

लुम्बिनीका लागि कृष्णले २८ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३२ रन जोडे । सुरज धितालले ११ बलमा ३ छक्काको सहयोगमा २५ रन बनाए।

युवराज सेन ओली २५ बलमा २२, दीपेन्द्र थापा १९ बलमा १६ तथा सबिर अहमद १९ रन जोडे । मधेशका लागि मुनाल यादव र युवराज शर्माले समान २ तथा दीपेश रायले १ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा अल आउट हुँदै हुदै १ सय ६७ रनको योगफल तयार गर्यो ।

मधेशका लागि मुनाल यादवले १७ बलको सामना गर्दै १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रन जोडे ।कप्तान कमलेश मण्डल धानुकले २६ बलमा ३ चौकाको सहयोगमा २९ रन बनाए ।

दिपेश राय ११ बलमा १ चौका र २ छक्काको सहयोगमा २२ रन जोड्दै आउट भए । हेमु यादव ३० बलमा २२ तथा संजय साह २५ रनमा आउट भए ।

लुम्बिनीका लागि रोहित धलालले ३, अनुप कुमार निशाद र युवराज सेन ओलीले समान २ तथा रविन गौडेल र सुरज धितालले समान १ विकेट लिए ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका युवराज सेन ओली सर्वोत्कृष्ट खेलाडी घोषित भए। मधेशका दीपेश राय उत्कृष्ट ब्याटर र सुदूरपश्चिमका पशुपती मल्ल उत्कृष्ट बलर चुनिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.