9 months ago
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ ।
विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ रन बनाए । उनले ५९ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे ।
आर्मी एक समय ८७ रनमा सातौं विकेट गुमाएर समस्यामा आएको थियो । तर, आठौं विकेटका लागि कुशलले सोमपाल कामीसँग मिलेर नट आउट ५८ रनको विजयी साझेदारी गरे ।
सोमपालले ५१ बलमा १ चौकाको सहयोगमा नट आउट २२ रन जोडे । विवेक यादवले २९ बलमा ४ चौकाको सहयोगमा २६ रन बनाए । बसिर अहमद ४२ बलमा १३ तथा इम्रान शेख ३१ बलमा ११ रन बनाउँदै आउट भए ।
एपिएफका लागि कप्तान रोहित पौडेल, कमलसिंह ऐरी र अमरसिंह राउटेलाले समान २ तथा किशोर महतोले १ विकेट लिए ।

त्यसअघि एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो ।
एपिएफका लागि सन्दीप जोराले ९१ बलमा ९ चौकासहित सर्वाधिक ६५ रन जोडे । किशोर महतो, अमरसिंह राउटेला र भुवन कार्की समान ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
ओपर आसिफ शेख ६, अर्का ओपनर लोकेश बम र कप्तान रोहित समान ४ तथा कमलसिंह ऐरी ३ रनमा आउट भए ।
आर्मीका लागि आकाश चन्दले ४, सोमपाल कामीले ३, शाहब आलमले २ र बसिर अहमदले १ विकेट लिए ।
जितसँगै आर्मी ५ खेलमा अपराजित रहँदै अंक तालिकाको दोस्रो स्थानमा यथावत छ । ५ खेलमा ३ जितका साथ अंक तालिकाको चौथो स्थानमा झरेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]