default_image

9 months ago

March 17, 2025

पेनोरिस ११ लाई इन्डो- नेपाल टि ट्वान्टी उपाधि

354 views

0 Bookmark

हिमाल खरेल,मेचीनगर

पेनोरिस ११ ले इन्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

आज भएको फाइनलमा थन्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस ११ च्याम्पियन बनेको हो ।

मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थन्डर्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो ।

थन्डर्सका लागि रोहित राजवंशीले ३५ बलमा १९ , आयुष न्यौपानेले १४ र आशिक राना मगरले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । थन्डर्सका दुईजना ब्याटर शून्यमा आउट भए ।

बलिङतर्फ पेनोरिसका राकेश रोय, सुनिल घोष, बोनोमली रोय र आचरल प्रधानले समान २ र सन्दिप प्रसादले १ विकेट लिए ।

९२ रनको सामान्य लक्ष्य पाएको पेनोरिस ११ ले ९.५ ओभरमा ३ विकेटको क्षतिमा जित निकालेको थियो । पेनोरिसका ओपनरद्वय शुभांकर देवनाथले अर्धशतकीय इनिङ खेलेका थिए ।

शुभांकर २४ बलमा ५२ रन जोडे । कञ्चन उप्रेतीले १५ रन बनाए । थन्डर्सका शिव राजवंशीले २ र विराट डाँगीले १ विकेट लिए ।

विजेता पेनोरिस–११ ले ५० हजारसहित ट्रफी र दोस्रो टोलीले थन्डर्स–११ ले ३० हजार रुपैयाँ प्राप्त गर्यो ।

पेनोरिसका शुभांकर देवनाथ फाइनल अफ दि म्याच घोषित भए । उनले १ हजार रुपैयाँ र मायाको चिनो प्राप्त गरे ।

प्रतियोगितामा ७ विकेट तथा ७८ रन बनाएका थन्डर्सका रोहित राजवंशी प्लेयर अफ द सिरिज घोषित भए । उनले ५ हजार रुपैयाँसहित ट्रफी हात पारे ।

समापन कार्यक्रममा पूर्वीगर्जन डटकमका सम्पादक प्रविण अधिकारीलाई सम्मान गरिएको छ ।

साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीको प्रायोजन रहेको प्रतियोगिता सम्पन्न गर्न विद्या विकास एकाडेमी बाहुनडाँगी जेसिजलगायतको सहयोग रहेको थियो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.