9 months ago
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् ।
मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण १ खेलको प्रतिबन्ध लागेको थियो ।
‘यो मेरो नियन्त्रण भन्दा बाहिर छ। गत वर्ष जे भयो त्यो खेलको एक हिस्सा हो । हामीले अन्तिम ओभर डेढ–दुई मिनेट ढिला बलिङ गयौं,’ हार्दिकले भने ‘त्यतिबेला मलाई यसको परिणाम थाहा थिएन । यो दुर्भाग्यपूर्ण छ, तर म प्रक्रिया अनुसार नै जानुपर्छ ।’
टी–२० आईमा सुर्यकुमार भारतको समेत कप्तान हुन् । मुम्बईको पहिलो खेल २३ मार्चमा चेन्नई सुपर किंग्ससँग चेन्नईमा हुनेछ । मुम्बई यस खेलमा हार्दिक र जसप्रित बुमराहबिना नै मैदान उत्रनेछ ।
बुमराह ढाडको चोटका कारण पहिलो खेल गुमाउने पक्का भइसकेको छ । चोटका कारण नै बुमराह जनवरीदेखि मैदानबाहिर रहेका छन् । बुमराहले अझ केही खेल गुमाउने अनुमान गरिएको छ ।
सन् २०२४ को आइपिएलको अन्तिम लिग खेलमा लखनउ सुपर जायन्ट्सविरुद्ध मुम्बईको स्लो ओभर रेटका कारण हार्दिकलाई प्रतिबन्ध लागेको थियो । यो सिजनको तेस्रो पटक यो कारण दोहोरिएकाले हार्दिकलाई लगत्तैको आइपिएलको अर्को खेलका लागि प्रतिबन्ध र ३० लाख भारु जरिवाना गरिएको थियो ।
उनी मार्च २९ मा अहमदाबादमा गुजरात टाइटन्सविरुद्ध मुम्बईको दोस्रो खेलका लागि उपलब्ध हुनेछन् । मुम्बईले पहिलो घरेलु खेल मार्च ३१ मा कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । सन् २०२४ को आइपिएलमा मुम्बईले १४ मध्ये ४ खेलमा मात्र जित हात पारेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]