default_image

9 months ago

March 20, 2025

नामिबियाले क्यानडालाई हरायो

424 views

0 Bookmark

एजेन्सी – घरेलु टोली नामिबियाले दोस्रो टि ट्वान्टी आईमा क्यानडालाई हराएको छ ।

बुधवार भएको खेलमा नामिबियाले क्यानडालाई ३ विकेटले पराजित गरेको हो । जितसँगै नामिबियाले पाँच खेलको टि ट्वान्टी आई सिरिजमा १० को अग्रता लिएको छ । पहिलो टि ट्वान्टी आई वर्षाका कारण रद्द भएको थियो ।

वर्षाका कारण खेल १५ ओभरमा छोट्याईएको थियो । क्यानडाले दिएको १ सय ४६ रनको लक्ष्य नामिबियाले निर्धारित १५औं ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।

नामिबियाको जितमा जान निकोल लफ्टी इटनले सर्वाधिक ३६ रन जोडे । उनले २१ बलमा ६ चौका र १ छक्का प्रहार गरे । बलिङमा उत्कृष्ट प्रदर्शनका साथ प्लेयर अफ द म्याच बनेका जेजे स्मिथले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे ।

निकोलस डाविन १९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३२ रन जोड्दै आउट भए । जान ग्रिनले ८ बलमा १ छक्काको सहयोगमा नट आउट २१ रन बनाउँदै टोलीलाई जित दिलाए ।

क्यानडाका लागि अखिल कुमारले ३, कलिम सानाले २ तथा डिलोन हेलिङ्गर र शाहिद अहमदजाईंले समान १ विकेट लिए ।

त्यसअघि नामिबिया क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो ।

क्यानडाका लागि युवराज सर्माले सर्वाधिक ३७ रन जोडे । उनले १८ बलको सामना गरेर ३ चौका तथा ३ छक्का प्रहार गरेका थिए । डिलोन हेलिङ्गर १४ बलमा ३ छक्काको सहयोगमा २६ रनमा आउट भए ।

श्रेयस मोभ्भा २० बलमा १८ रन जोड्दै आउट हुँदा साद विन जाफरले ८ बलमा १ चौका र १ छक्काको सहयोगमा नट आउट १८ रन जोडे । कप्तान निकोलस किर्तन १६ तथा नवनित धालीवाल १४ रनमा आउट भए ।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४, जेजे स्मिथले ३ तथा कप्तान जेहार्ड एरास्मसले १ विकेट लिए । दुई देशबिचको तेस्रो टि ट्वान्टी आई शुक्रवार रहेको छ ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.