1 month ago
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ ।
जारी खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले लुम्बिनीविरुद्ध २ सय ५ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४८.५ ओभरमा २ सय ५ रनको योगफल तयार गर्यो ।
कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ६६ रन जोडे । उनले ८४ बलमा ९ चौका प्रहार गरे । एक समय ६ विकेट गुमाएर ५६ रन मात्र जोडेर खराब स्थितीमा पुगेको कर्णालीका लागि सातौं विकेटका लागि दीपेन्द्र रावतले अर्जुन घर्तीसँग मिलेर १ सय २ रनको साझेदारी गरे । अर्जुन ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५६ रन जोड्दै आउट भए ।
ओपनर सुनिल धमला १९ तथा दिनेश अधिकारी १७ बलमा ३ चौकाको सहयोगमा १६ रन बनाउँदै आउट भए । निश्चल रावल ११ तथा विपिन रावल १० रनमा आउट भए ।
लुम्बिनीका लागि रमेश कुर्मीले ३, विप्रसन केसी, निर्मल गुरुङ र अजय चौहानले समान २ तथा कप्तान देव खनालले १ विकेट लिए । प्रतियोगितामा ६ खेलमा ८ अंकका साथमा तेस्रो स्थानमा छ । ५ खेलमा ४ अंक जोडेको कर्णाली पाँचौ स्थानमा छ ।
April 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]
April 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]
April 29, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- दि कोर क्याम्प सिनियर टिम अभ्यास म्याचमा नेपाल रातोले नेपाल पहेंलोलाई ८ विकेटले हराएको छ। जितको लागि १ सय ५९ रनको सहज लक्ष्य नेपाल रातोले २९ .४ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर त्रितराज दास र अर्जुन साउदले राम्रो सुरय दिलाए। उनीहरुले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै जितलाई […]