9 months ago
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरुद्ध विशाल योगफल तयार गरेको छ ।
कुशल भुर्तेल र कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा पुलिसले बागमतीविरुद्ध २ सय ९८ रनको विशाल लक्ष्य तयार गरेको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार गर्यो ।
यो योगफल यस संस्करणको सर्वाधिक ठूलो योगफल हो । यसअघि पुलिसले नै २ पटक तथा बागमतीले १ पटक २ सय ८८ रनको योगफल तयार गरेको थियो ।
पुलिसका लागि ओपनर कुशलले सर्वाधिक ८८ रन जोडे । यस संस्करणको तेस्रो अर्धशतक बनाएका कुशलले ९८ बलको सामनामा ११ चौका प्रहार गरे । कप्तान दीपेन्द्र ४६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६० रन जोडे ।
पहिलो विकेटका लागि ओपनरद्वय कुशल र अमित श्रेष्ठले १ सय २४ रनको सानदार साझेदारी गरे । अमित ५१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४८ रन जोड्दै आउट भए । गुल्शन झा १५ बलमा १६, आरिफ शेख ४६ बलमा ३८ तथा दिलिप नाथ १० रनमा आउट भए ।
२ सय ६२ रनमा मात्र ४ विकेट गुमाएर विशाल योगफलको संकेत गरेको पुलिसले ३५ रन जोड्दा पछिल्ला ४ विकेट गुमायो । पछिल्लो ५ ओभरमा पुलिसले ४ विकेट गुमाएर ३८ रन मात्र जोड्न सक्यो ।
बागमतीका लागि प्रतिस जिशीले ३ तथा रिजन ढकाल, विपिन आचार्य, साकार गजुरेल र इशान पाण्डेले समान १ विकेट लिए । प्रतियोगितामा खेलेको ६ खेलमै अपराजित रहँदै पुलिस शीर्ष स्थानमा छ । बागमती ५ खेलमा ४ अंकका साथ सातौं स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]