default_image

9 months ago

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

496 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो ।

लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले १ सय ७ बलको सामना गर्दै ६ चौका प्रहार गरे । अन्तिम ओभरमा जितका लागि लुम्बिनीलाई ८ रन चाहिएकोमा १ विकेट मात्र बाँकी रहेको थियो ।

कर्णालीका लागि बलिङमा आएका दिनेश अधिकारीले ४ बलमा नै विकेट लिदै खेल जिताए । चौथो विकेटका लागि कप्तान देव खनालसँग मिलेर प्रज्वलले ९४ रनको साझेदारी गरे ।

कप्तान देव ६० बलमा ४ चौकाको सहयोगमा ४० रनमा आउट भए । १ सय ४५ रनमा ३ विकेट गुमाएर सहज जिततर्फ अघि बढेको लुम्बिनीले ५५ रन जोड्दा बाँकी रहेको ७ विकेट गुमाउन पुग्यो ।

आकाश त्रिपाटी २१ तथा मनिष थापा १६ रनमा आउट भए । कर्णालीका लागि दिनेश अधिकारी र दीपेन्द्र रावतले समान ३, प्रकास जैशीले २ तथा सुनिल धमला र कप्तान दिवान पुनले समान १ विकेट लिए ।

त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४८.५ ओभरमा २ सय ५ रनको योगफल तयार गरेको थियो ।

कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ६६ रन जोडे । उनले ८४ बलमा ९ चौका प्रहार गरे । एक समय ६ विकेट गुमाएर ५६ रन मात्र जोडेर खराब स्थितीमा पुगेको कर्णालीका लागि सातौं विकेटका लागि दीपेन्द्र रावतले अर्जुन घर्तीसँग मिलेर १ सय २ रनको साझेदारी गरे । अर्जुन ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५६ रन जोड्दै आउट भए ।

ओपनर सुनिल धमला १९ तथा दिनेश अधिकारी १७ बलमा ३ चौकाको सहयोगमा १६ रन बनाउँदै आउट भए । निश्चल रावल ११ तथा विपिन रावल १० रनमा आउट भए ।

लुम्बिनीका लागि रमेश कुर्मीले ३, विप्रसन केसी, निर्मल गुरुङ र अजय चौहानले समान २ तथा कप्तान देव खनालले १ विकेट लिए ।

प्रतियोगितामा पराजित लुम्बिनी ७ खेलमा ८ अंकका साथमा तेस्रो स्थानमा छ । ६ खेलमा ६ अंक जोडेको कर्णाली पाँचौ स्थानमा छ । लुम्बिनीको यो लगातार दोस्रो हार हो । भने, कर्णालीको भने लगातार दोस्रो जित हो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.