9 months ago
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् ।
मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो ।
सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै स्तरका सदस्य बोर्डहरूले अनुसरण गरेका थिए । यसले विशेष गरी रिभर्स स्विङलाई सुविधाजनक बनाउन नसकेर बलरहरूलाई घाटा गरिरहेको थियो ।
बललाई चम्किलो बनाउन थुकको प्रयोगमा प्रतिबन्ध पहिलो पटक सन् २०२० मे कोभिड-१९ महामारीको समयमा अस्थायी उपायको रुपमा लागू गरिएको थियो । २०२२ सेप्टेम्बरमा आइसिसीले प्रतिबन्धलाई स्थायी गरेको थियो ।
त्यसपछि बलरहरूलाई बल चम्काउन पसिना को प्रयोग गर्न आइसिसीले अनुमति दिएको थियो । हालै भारतका तीव्र गतिका बलर मोहम्मद सामीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई बल चम्काउन थुक प्रयोग गर्न पाउने प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका थिए ।
च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अस्ट्रेलियाविरुद्धको जितपछि सामीले पत्रकारसँग यस्तो भनेका थिए ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]