9 months ago
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर शाहब आलमको ५ विकेटको सहयोगमा त्रिभुवन आर्मी क्लबविरुद्ध गण्डकी प्रदेशले मध्यम योगफल तयार गरेको छ ।
दाङमा जारी खेलमा खेलमा गण्डकीले १ सय १६ रनको मध्यम योगफल तयार गरेको हो । लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ३०.३ ओभरमा १ सय १६ रनको मध्यम योगफलमा समेटियो ।
गण्डकीका लागि युवा ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन जोडे । उनले ३९ बलमा ४ चौका प्रहार गरे । दिपक डुम्रे ४१ बलमा २ चौकाको सहयोगमा १९ रन जोड्दै आउट भए ।
कमल परियाले १३ बलमा २ छक्काको सहयोगमा १७ रन जोडे । कप्तान विपिन खत्री १३ बलमा १५ रन जोड्दै आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आर्मीका लागि शाहब आलमले १० ओभरमा ४२ रन खर्चिएर ५ विकेट लिए । नरेन साउद र कुशल मल्लको नाममा समान २ विकेट रह्यो ।
प्रतियोगिताको ६ खेल खेल्दै १० अंक जोडेको आर्मी दोस्रो स्थानमा छ । पछिल्लो खेलमा आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो । पछिल्लो ४ खेलमा निरन्तर हार बेहोरेको गण्डकी ६ खेलमा १ खेल जितेर अंक तालिकामा पुछारबाट पहिलो स्थानमा छ ।
प्रतियोगिताको दोस्रो खेलमा गण्डकीले कर्णाली प्रदेशलाई हराएको थियो । १० टोली सहभागी प्रतियोगितामा लिग चरणकाे खेलमा शीर्ष २ टोलीले उपाधीका लागि खेल्नेछ । पहिलो स्थानमा ७ खेलमा अपराजित पुलिस रहेको छ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]