default_image

9 months ago

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

592 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ ।

कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो ।

यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश ३५.२ ओभरमा १ सय ३९ रनमा समेटियो ।

मधेशका लागि रुपेश सिंहले सर्वाधिक ३० रन जोडे । उनले ५३ बलको सामना गर्दै ३ चौका प्रहार गरे । विशाल पटेल २५, हरिशंकर साह १८ तथा ओपनर सैलेन्द्र साह १० रनमा आउट भए ।

कर्णालीका लागि दिनेश अधिकारीले ४, दीपेन्द्र रावतले ३ तथा प्रकास जैसीले २ विकेट लिए ।

त्यसअघि एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गर्दै ४९.१ ओभरमा २ सय २० रनको बनाएको थियो ।

कर्णालीका लागि निरन्तर दोस्रो खेलमा अर्धशतक बनाएका दीपेन्द्र रावतले सर्वाधिक ६१ रन जोडे । उनले ९२ बलमा ६ चौका प्रहार गरे ।

पाँचौं विकेटका लागि दीपेन्द्रले अर्जुन घर्तीसँग ३६ रनको साझेदारी गरे । अर्जुन २० बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रनमा आउट भए ।

सातौं विकेटका लागि दिनेश अधिकारीसँग दीपेन्द्रले ६० रनको साझेदारी गरे । दिनेशले ४४ बलमा १ चौका र २ छक्काको साथमा २४ रन जोडे ।

प्रकाश जैशी ३७ बलमा २०, रविन्द्र जंग शाही १४ बलमा १३ रन जोड्दै आउट हुँदा कप्तान दिवान पुन २० बलमा १८ रनमा नट आउट रहे ।

मधेशका लागि रुपेश सिंह, रञ्जित कुमार, कप्तान अनिल साह, कमल गुप्ता र हरिशंकर साहले समान २ विकेट लिए ।

कर्णाली ७ खेलमा ८ अंकका साथ भएको छ । मधेशको ६ खेलमा ४ अंकमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.