9 months ago
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ ।
सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका प्रहार गरे । ओपनर आसिफ शेखले ४६ बलमा ४ चौकाको सहयोगमा ३२ रन जोडे ।
लोकेस बम १९, दिपक बोहोरा १६, कप्तान रोहित पौडेल र भुवन कार्की समान १४ रनमा आउट भए।सुदूरपश्चिमका लागि विकास आग्री, शेर मल्ल र नारायण जोशीले समान २ विकेट लिए ।
त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४८.५ ओभरमा १ सय ९१ रनमा समेटिएको थियो ।
सुदूरपश्चिमका लागि निश्चल खत्रीले ९२ बलमा ८ चौका र १ छक्कासहित ५७ रन बनाए । दोस्रो विकेटका लागि निश्चलले प्रकाश पाण्डेले ९१ रनको साझेदारी गरे । प्रकाशले ७२ बलमा ४ चौकाको सहयोगमा ४२ रन जोडे ।
सुदूरपश्चिम १ विकेट गुमाएर १ सय ९ रनको अवस्थामा विशाल योगफल तयार गर्ने अनुमान गरिएको थियो । तर, मध्यक्रमका ब्याटरहरु नचल्दा सुदूरपश्चिमले ८२ रन जोड्दा बाँकी रहेको ९ विकेट गुमायो ।
किरन ठगुन्ना १२, शेर मल्ल ११ तथा हेमन्त धामी र सुनिल चन्द समान १० रनमा आउट भए । एपिएफका लागि कप्तान रोहित पौडेल र अमरसिंह राउटेलाले समान ३ र भुवन कार्कीले २ विकेट लिए ।
एपिएफ ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम ७ खेलमा ४ अंकमा छ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]