9 months ago
March 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर सूर्य तामाङले ५ विकेट लिएसँगै प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बागमती प्रदेशले कोशीलाई सहजै हराएको छ।
दाङमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई १ सय ३१ रनले पराजित गरेको हो । २ सय ४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १ सय ९ रनमा समेटियो ।
कोशीका लागि अइस भट्टराईले ४९ बलमा ५ चौकासहित सर्वाधिक ३७ रन जोडे । सुजन थपलिया २५ र फिर्दोश अन्सारी २४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
५ ब्याटरले रनको खाता खोल्न सकेनन् । बागमतीका लागि सूर्यले ९ ओभरमा २७ रन खर्चिएर ५ विकेट लिए । रिजन ढकालले ३ र साकार गजुरेलले २ विकेट लिए ।
त्यसअघि लमहिस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमती ४९.३ ओभरमा २ सय ४० रनको योगफलमा समेटियो ।
बागमतीका लागि शुभ कंसाकारले २८ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन जोडे । ओपनर आशुतोष घिरैया ४० बलमा ५ चौकाको सहयोगमा २९ रन बनाए ।
इशान पाण्डे र विपिन आचार्य समान २५ रनमा आउट हुँदा रिजन ढकाल २२ रनमा नट आउट रहे । सोनु देवकोटा १८, सूर्य १७ र गौतम केसी १६ रनमा आउट भए ।
कोशीका लागि सुजन र प्रकाश कार्कीले समान २ तथा ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कंडेल र फिर्दोशले समान १ विकेट लिए ।
जितसँगै बागमती ७ खेलमा ६ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । कोशी ७ खेलमा २ अंकका साथ तालिकाको पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]