default_image

9 months ago

March 23, 2025

आर्मीको सातौं जित, लुम्बिनी बाहिरियो

589 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले आज लुम्बिनी प्रदेशलाई १ सय ३१ रनको फराकिलो अन्तरले हराएको छ।

आर्मीको यो सातौं जित हो। उसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ। सिद्धार्थ रङ्गशालामा आज भएको खेलमा जितको लागि २ सय ४४ रनको लक्ष्य पछाएको थियो।

जहाँ अत्यन्त खराब ब्याटिङ प्रदर्शनमा लुम्बिनी २७.१ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रनमा समेटियो। लुम्बिनीका कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। उसको लागि ओपनर तथा कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए।

मनिष थापा र विप्रासन केसीले समान १३ रन जोडे। नर सार्कीले १२ र निर्मल गुरूङले १० रन बनाउँदा अन्यले दोहोरो रन छुन सकेनन्।

लुम्बिनीलाई १ सय १२ रनमा रोक्न सहबाब आलमले ९ ओभर १ बल बलिङ गर्दै २ मेडन सहित २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। नरेन साउदले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको ४९ ओभर २ बलमा सम्पुर्ण विकेट गुमाउँदै २ सय ४३ रन बनाएको थियो। ४४ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो

सन्तोष कार्की १ रनमा, त्रितराज दास ३१ रनमा र इमरान शेख १२ रनमा आउट भए। यसपछि बसिर अहमद र भीम सार्कीले चौथो विकेटको लागि ८१ रनको साझेदारी गरे। यो क्रममा बसिरले अर्धशतक बनाए।

भीम ४४ रनमा आउट भए। बसिरले सर्वाधिक ८६ रन बनाए। उनले १ सय ४ बल खेल्दै ६ चौका प्रहार गरे। सोमपाल कामीले २८ र कुशल मल्लले १७ रन जोडे।

बलिङमा अजय चौहानले ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ४७ रन खर्चिए।

आर्मीको यो आठौं खेलमा सातौं जित हो। उसले १४ अंक बनाएको छ। यो हारमा लुम्बिनीको फाइनलको पुग्ने संभावना सकिएको छ। उसले ८ खेलबाट मात्र ८ अंक मात्र बनाएको छ। लुम्बिनीको यो चौथो हार हो।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.