9 months ago
March 24, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितका लागि २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मिचेल मार्स र निकोलस पुरनले विस्फोटक ब्याटिङ गर्दै उत्कृष्ट सुरुवात दिलाए अन्य ब्याटरको प्रदर्शन सामान्य रह्यो ।
विशाखापटनमा जारी खेलमा लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रन बनाएको छ ।
निकै उत्कृष्ट सुरुवात गरेको लखनउले पहिलो विकेटका रूपमा ऐडन मारक्रमलाई गुमाएको थियो । पाँचौँ ओभरमा ४६ रनको स्थितिमा मारक्रम १३ बलमा १५ रन बनाउँदै विपराज निगमको बलमा आउट भए ।
त्यसपछि मार्स र पुरन मिलेर मात्र ४२ बलमा ८७ रन जोडे । मार्सले ३६ बलमा ७२ रन जोडे । उनले ६ चौका र समान ६ छक्का प्रहार गरे । पुरनले ३० बलमा ७५ रन बनाए । उनले ६ चौका र ७ छक्का प्रहार गरे।
कप्तान ऋषभ पन्तले पूर्व टोली विरुद्ध ६ बल खेलेर खाता नखोली आउट भए। डेभिड मिलरले १९ बलमा २७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दिल्लीका लागि मिचेल स्टार्कले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट , कुलदीप यादवले २ तथा विपराज निगम र मुकेश मारले समान १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]