9 months ago
March 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका सफल बलर ललित नारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कपमा १ सय विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् ।
सन् २०१७ बाट पिएम सुरु भएयता ललितले ४० इनिङमा यो सफलता प्राप्त गरेका हुन् । पिएम कपमा मंगलवार कर्णाली प्रदेशविरुद्धको खेलमा कप्तान दिवान पुनको विकेट लिंदै उनले सयौं विकेट पूरा गरेका हुन् ।
पिएम कपको इतिहासमा त्रिभुवन आर्मी क्लबका शाहब आलम ९९ विकेटका साथ दोस्रो स्थानममा छन् । सुदूरपश्चिम प्रदेशका शेर मल्ल ६९ विकेटका साथ तेस्रो स्थानमा छन् ।
ललित जारी पिएम कपको सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । उनले ८ खेलमा ३३ विकेट लिइसकेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]