9 months ago
March 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विशाल पटेलले ६ विकेट लिएपछि मधेश प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध ४४ रनलाई पराजित गरेको छ ।
१ सय ३ रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभरमा ५८ रनमा अलआउट भयो ।
सुदूरपश्चिमका लागि तल्लोक्रमका ब्याटर हेमन्त धामीले ३३ बलमा सर्वाधिक १९ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । टोलीका ५ ब्याटरले रनको खाता नै खोल्न सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न विशालले ५ ओभरमा १७ रन खर्चिएर ६ विकेट लिए । प्रदिप पासवानले ३ र रुपेश सिंहले १ विकेट लिए ।
त्यसअघि भैरहवाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले ४२.३ ओभरमा सबै विकेट गुमाएर १ सय २ रन बनायो ।
मधेशका लागि प्रदीप पासवानले नटआउट २३, पवन सर्राफले १९, दीपेश दास र रुपेश सिंहले समान १२ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान अनिल शाह रनको खाता नखोल्दै आउट भए ।
सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले मधेशको ब्याटिङ लाइनलाई ध्वस्त पारे । शेरले १० ओभरमा ६ मेडनसहित ५ रन दिएर ४ विकेट लिए। हेमन्तले ५.३ ओभरमा १ मेडन राखेर ११ रन खर्चदै ४ विकेट झारे। नारायण जोशी र विकास अग्रीले समान १ विकेट लिए।
जितसँगै मधेशले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । मधेशको ८ खेलबाट ६ अंक भएको छ । सुदूरपश्चिमले ९ खेलमा ६ हारका साथ पिएम कपको यात्रा टुंगिएको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]