9 months ago
March 26, 2025
एजेन्सी – महिला ओडिआई विश्वकप २०२५ को फाइनल खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ।
ओडिआई महिला विश्वकप सेप्टेम्बर २९ देखि अक्टोबर २६ सम्म भारतमा आयोजना हुनेछ । विशाखापट्टनम, तिरुवनंतपुरम, रायपुर र इन्दौरमा विश्व कपका खेलहरु आयोजना हुनेछ ।
विशाखापट्टनमबाहेक अन्य कुनै पनि स्थानमा अहिलेसम्म महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको छैन । इन्दौरले नेहरु रङ्गशालामा महिला विश्वकपका दुई खेलहरू आयोजना गर्ने छ ।
विशाखापट्टनमको एसिए–भिडिसिए रङ्गशालामा पछिल्लो पटक सन् २०१४ मा महिला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो । यो रंगशालामा ६ महिला टि ट्वान्टी र ५ महिला ओडिआई खेलहरु भएका छन् ।
आयोजक भारतबाहेक अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र श्रीलंका यसअघि नै प्रतियोगिताका लागि छनोट भइसकेका छन् । आगामी अप्रिल ९ देखि लाहोरमा हुने महिला विश्वकप छनोटमार्फत अन्तिम दुई स्थानको टुंगो लाग्नेछ ।
यदि पाकिस्तान छनोट भएमा उसले बिसिसीआई र पिसिबीबीचको पारस्परिक सम्झौताअन्तर्गत युएई वा श्रीलंकामा खेल्नेछ । २०१३ पछि भारतले पहिलो पटक महिला विश्वकप आयोजना गर्न लागेको हो ।
२०१६ मा महिला टि ट्वान्टी विश्वकप पनि आयोजना गरेको थियो । २०२५ को संस्करणको ढाँचा २०२२ को जस्तै हुनेछ, जसमा ८ टोलीले कुल ३१ खेल खेल्नेछन् ।
भारतले अहिलेसम्म उपाधि जित्न सकेको छैन । मिताली राज र झुलन गोस्वामीले सन्यास लिएपछि भारतका लागि यो पहिलो ओडिआई विश्वकप हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]