default_image

9 months ago

March 27, 2025

आर्मीले तोड्यो पुलिसको अपराजित यात्रा

1787 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको १९औं खेलमा आएर अपराजित यात्रा तोडेको छ ।

बिहीवार भएको विभागीय डर्बी खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गर्यो । जितसँगै आर्मीले पुलिससँग समान अंक भए पनि पुलिसलाई हेड टु हेडमा अघि रहेर लिग चरणको शीर्ष स्थानमा उक्लिएको छ ।

पुलिस अघिल्लो संस्करणमा १० खेल जितेको थियो । भने, यस संस्करणमा लगातार ८ खेलमा जित हात पारेको थियो । सन् २०२२ मा भएको पिएमको सेमिफाइनलमा आर्मीसँग २ विकेटको रोमाञ्चक हार पछि पुलिस अपराजित थियाे ।

पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा विवेक कुमार यादवले अविजित रहँदै सर्वाधिक ४१ रन जोडे । उनले ४५ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरे ।

कप्तान विनोद भण्डारीले ३५ बलमा अविजित १३ रन जोडे । तृतराज दास २५, भीम सार्की २३ तथा सन्तोष कार्की २२ रनमा आउट भए । पुलिसका लागि ललितनारायण राजवंशीले ४ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

त्यसअघि एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले आर्मीका स्पिनरहरु चम्कदा ४१.४ ओभरमा १ सय ४८ रनमा अल आउट भएको थियो ।

पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले विष्फोटक अर्धशतकीय इनिङ खेले पनि अन्य ब्याटर चल्न नसक्दा कम योगफलमा नै समेटिएको थियो । कप्तान ऐरीले ३७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन जोडेका थिए ।

आरिफ शेख ५२ बलमा २२, गुल्शन झा २७ बलमा १७ तथा अर्जुन साउद ३५ बलमा १३ रन जोड्दै आउट भएका थिए । सागर ढकाल २७ बलमा १६ रनमा अविजित रहेका थिए । पुलिसको ब्याटिङ धराशाही बनाउँन आर्मीका लागि १० नै विकेट स्पिनरले लिएका थिए ।

शाहब आलमले १० ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिएका थिए । शाहबले पिएम कपको इतिहासमा १ सय विकेट पूरा गरेका छन् । उनी अगाडी पुलिसका ललितनारायण राजवंशीले १ सय विकेट पूरा गरेका थिए । शाहबले ४७ इनिङमा १ सय विकेट पूरा गरेका हुन् ।

सन् २०१७ बाट सुरु पिएम कपमा शाहब निरन्तर त्रिभुवन आर्मी क्लबमा रहेका छन् । यस संस्करणमा पनि शाहब २८ विकेटका साथ सर्वाधिक विकेटकर्ताको दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रहेका ललितको ३६ विकेट रहेको छ ।

नरेन साउदले ३ तथा भीम सार्की र कुशल मल्लले समान १ विकेट लिए ।

शनिवार हुने पिएम कपको फाइनलमा स्थान पक्का गरिसकेका पुलिस र आर्मीको यस खेलबाट लिग चरणको शीर्ष र दोस्रो हुने टोली टुंगो लागेको छ ।

जितसँगै समान अंक भएपनि आर्मी हेड टु हेडमा अघि रहेर शीर्ष स्थानमा छ । भने, पराजित पुलिस दोस्रो भएको छ । अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले तेस्रो स्थान पक्का गरेको छ । चौथो स्थानका लागि बागमती र मधेश प्रदेश खेल्दैछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.