9 months ago
March 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले ५० ओभरको अभ्यास सिरिजको १ खेल अगावै उपाधि जितेको छ ।
भारतको दिल्ली यु १९ को टोलीलाई बिहीवार दोस्रो खेलमा १ सय २ रनले हराउँदै नेपाली टोलीले सिरिज जितेको हो । पहिलो अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो ।
पर्सामा भएको खेलमा नेपालको युवा टोलीले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको दिल्ली ३०.४ ओभरमा ९० रनमा समेटियो ।
दिल्लीका लागि इम्प्याक्ट प्लेयरको रुपमा मैदानमा आएका शन्तनु यादवले ५० बलमा ५ चौकासहित स ३० रन जोडे । मोहक कुमार १९ त सथक पल १६ रनमा आउट भए । दिल्ली अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एक समय ६१ रनमा २ विकेट गुमाएर सहज अवस्थामा रहेको दिल्लीले २९ रन जोड्दा ८ विकेट गुमायो । नेपालका अपराजित पौडेलले ७ ओभरमा ९ रन खर्चिएर ५ विकेट लिए ।
नितेश पटेलले २ तथा विपिन प्रसाद शर्मा, कप्तान नरेन भट्ट र अशोक धामीले समान १ विकेट लिए ।
त्यसअघि विरगंजस्थित टिबी साह क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९२ रन जोड्न सफल भयो ।
नेपाली युवा टोलीका लागि अभिषेक तिवारीले सर्वाधिक ६० रन जोडे । उनले ८२ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे ।
सातौं विकेटका लागि कप्तान नरेनसँग अभिषेकले ९९ रनको साझेदारी गरे । नरेन १ सय २५ बलमा ६ चौकाको सहयोगमा ५२ रनमा आउट भए ।
अशोक धामी १९ बलमा १ चौका र २ छक्काको सहयोगमा १९ रनमा आउट भए । ओपनर सोहेल कुवँर ११ रनमा आउट हुँदा नेपाली युवा टोलीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
दिल्लीका लागि शुभम दुवेले ३, आदित्य भण्डारी, अमन चौधरी र रोनक वागिलाले समान २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]