9 months ago
March 28, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्सलाई जितका लागि मध्यम लक्ष्य दिएको छ ।
बेंगलुरुले चेन्नईलाई जितका लागि १ सय ९७ रनको मध्यम लक्ष्य दिएको हो ।
चेन्नइको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गरेको थियो ।
बेंगलुरुको लागि कप्तान रजत पाटीदारले ३२ बलको सामना गर्दै ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५१ रन जोडे ।
बेंगलुरुको कप्तानको रुपमा पहिलो अर्धशतक पाटीदारले ३० बलमा पूरा गरे । ओपनर फिल साल्टले १६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३२ रन जोडे । विराट कोहली ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदै आउट गरे ।
देवदत्त पटीकल १४ बलमा २७, जितेश शर्मा ६ बलमा १२ तथा लियम लिभिङ्स्टोन ९ बलमा १० रनमा आउट भए ।
कोलकाता नाइटराइडर्ससँगको अघिल्लो खेलमा प्लेयर अफ द म्याच बनेका कुर्नाण पाण्ड्या रनको खाता नखोल्दै आउट भए । टिम डेबिड ६ बलमा २२ रन बनाउँदै अविजित रहे ।
चेन्नईका लागि नुर अहमदले ३, मथिशा पथिरानाले २ तथा खलिल अहमद तथा रविचन्द्रन आश्विनले समान १ विकेट लिए ।
दुवै टोलीले जितबाट आइपिएलको सुरुवात गरेका थिए।बेंगलुरुले कोलकाता नाइटराईडर्सलाई र चेन्नईले मुम्बई इण्डियन्सलाई हराएको थियो । सन् २००८ मा भएको आइपिएलको पहिलो संस्करणमा बाहेक बेंगलरुले चेपकमा कुनै खेल जितेको छैन।
चेन्नई र बेंगलुरुबीच हालसम्म ३३ खेल भएको छ । जसमा २१ पटक चेन्नई र ११ पटक बेंगलुरु विजयी भएको थियो । १ खेल विना नतिजा कै सकिएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]