default_image

9 months ago

March 28, 2025

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका स्टुआर्ट ल नियुक्त

1931 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)ले अष्ट्रेलियन प्रशिक्षक स्टुआर्ट ललाई दुई वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।

संघको शुक्रबार भैरहवामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रशिक्षक नियुक्तिको निर्णय गरेको हो ।‌ मार्चको अन्त्यदेखि सम्झौता लागु हुनेछ । तर के कति रकममा अनुबन्ध गराइएको विषयलाई सार्वजनिक नगरिने क्यानका प्रवक्ता छुम्बी लामाले बताए । उनी एक देखि डेढ साता्ा नेपाल आइपुग्ने पनि लामाले जानकारी दिए ।

ल अष्ट्रेलियाका पूर्व क्रिकेटर हुन् । खेल जीवनमा उत्कृष्ट ब्याट्सम्यानका रूपमा पहिचान उनले बनाएका थिए । सन् १९६८ अक्टोबर १८ मा ब्रिस्बेनमा जन्मेका लले घरेलु क्रिकेटमा क्विन्सल्याण्डबाट खेलेका थिए । उनले अष्ट्रेलियाको राष्ट्रिय टिमबाट सन् १९९५ मा एक टेस्ट खेल खेलेका थिए ।

सन् १९९४ देखि १९९९ सम्म ५४ एकदिवसीय खेल खेलेको अनुभव पनि छ । उनले अष्ट्रेलियाली घरेलु क्रिकेटमा क्विन्सल्याण्डको सफलतामा ठूलो योगदान दिएका थिए । स्टुआर्टले इङ्ल्याण्डको काउन्टी क्रिकेट पनि खेलेका थिए ।

खेल जीवनपछि प्रशिक्षकको भूमिकामा प्रवेश गरेका उनले टेष्ट राष्ट्र बङ्गलादेशको टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सन् २०११‌ देखि २०१२ सम्म निभाएका थिए । त्यसपछि उनले वेस्ट इन्डिज, अफगानिस्तान, श्रीलङ्का जस्ता क्रिकेटका ठुला राष्ट्रको लागि प्रशिक्षक तथा ब्याटिङ सल्लाहकारको भूमिकामा समेत काम गरेका थिए । युवा खेलाडीलाई दक्ष बनाउने क्षमताका कारण उनी एक सफल प्रशिक्षकका रूपमा चिनिन्छन् ।

फाल्गुण १८ गते पूर्व प्रशिक्षक मोन्टी देसाईको सम्झौता नविकरण नगरेपछि मुख्य प्रशिक्षकको स्थान खाली रहेको थियो । क्यानले प्रशिक्षकको लागि खुल्ला गरेको आव्हानमा ७० प्रशिक्षकले आवेदन दिएको क्यानले जनाएको थियो । जसमध्ये सर्ट लिस्टमा १० जना रहेका थिए ।

आईसिसी विश्व कप लिग -२ मा नेपाल निकै कठिन अवस्थामा रहेको छ । स्टुआर्टलाई सुरूवातमा नै ठुलो चुनौती रहनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.