default_image

9 months ago

March 29, 2025

दिल्लीलाई नेपाली युवा टोलीको सामान्य लक्ष्य

905 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीलाई तेस्रो अभ्यास खेलमा सामान्य लक्ष्य दिएको छ ।

पर्सामा जारी खेलमा नेपाली युवा टोलीले दिल्ली यु-१९ टोलीलाई १ सय २३ रनको सामान्य लक्ष्य दिएको हो ।

पर्सास्थित टिबी साह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाली टोलीले ३९.४ ओभरमा अल आउट हुँदै १ सय २२ रन मात्र बनायो ।

नेपाली युवा टोलीका लागि रोशन विश्वकर्माले १२ बलमा २ चौका र १ छक्काको सहयोगमा १८ रनमा आउट भए । युवराज खत्री ४३ बलमा २ चौकाको सहयोगमा १८ रनमा आउट भए ।

साहिल पटेल र दिल्शाद अलिले समान १७, सोहेल कुवँर ५० बलमा १५ र सन्तोष यादव १० रनमा आउट भए ।

नेपाली युवा टोलीलाई कम रनमा रोक्न कृत कौशिकले १० ओभरमा २८ रन खर्चिएर ५ विकेट लिए । रौनक वाघिलाले ३ तथा शुभम दुबे र अमन चौधरीले समान १ विकेट लिए ।

अघिल्लो २ खेल जितेको नेपाली युवा टोलीले ३ खेलको अभ्यास सिरिज २-० ले जितिसकेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.