9 months ago
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु-१९ टोलीले दिल्लीको टोलीसँगको ५० ओभरको ३ खेलको सिरिजमा क्लिन स्विप गरेको छ ।
पर्सामा शनिवार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाली टोलीले दिल्ली यु-१९ टोलीलाई ५१ रनले पराजित गर्दै सिरिजमा क्लिन स्विप गरेको हो ।
यसअघि दुवै खेल नेपालले सहजै जितेको थियो। १ सय २३ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली १७ ओभरमा ७१ रनमा समेटियो ।
दिल्लीका लागि कप्तान रौनक वाघिलाले २६ बलमा सर्वाधिक १७ रन बनाए । दिल्लीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
दिल्लीको ब्याटिङ धराशाही बनाउने क्रममा नेपाली टोलीका लागि दयानन्द मण्डलले ४, विपिन शर्माले २ र नितेश पटेलले १ विकेट लिए ।
त्यसअघि टिबी साह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाली टोलीले ३९.४ ओभरमा अल आउट हुँदै १ सय २२ रन मात्र बनाएको थियो ।
टोलीका रोशन विश्वकर्माले १२ बलमा २ चौका र १ छक्काको सहयोगमा १८ रनमा आउट भए । युवराज खत्री ४३ बलमा २ चौकाको सहयोगमा १८ रनमा आउट भए ।
साहिल पटेल र दिल्शाद अलिले समान १७, सोहेल कुवँर ५० बलमा १५ र सन्तोष यादव १० रनमा आउट भए ।
दिल्लीका कृत कौशिकले १० ओभरमा २८ रन खर्चिएर ५ विकेट लिए । रौनक वाघिलाले ३ तथा शुभम दुबे र अमन चौधरीले समान १ विकेट लिए ।
नेपाली युवा टोली यु १९ विश्वकपको लागि एसिया छनोटको तयारीमा रहेको छ । एसिया छनोट अघि नेपालले बिहीवारदेखि अफगानिस्तानसँग ३ खेलको सिरिज खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]