9 months ago
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए।
ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी एकै संस्करणको पिएम कपमा सर्वाधिक विकेट लिने खेलाडी पनि बनेका छन् । यसअघि बागमती प्रदेशका सूर्य तामाङले गत संस्करणको पिएम कपमा ३० विकेट लिएका थिए ।
ललितले एकै संस्करणको प्रतियोगितामा चार पटक ५ विकेट हल लिने कीर्तिमान समेत बनाए । पिएम कपको इतिहास उनले १ सय विकेट यसै संस्करणमा पूरा गरेका थिए ।
पिएम कपमा १ सय विकेट पूरा गर्ने ललित पहिलो पनि हुन् । उनी पिएम कपको उत्कृष्ट बलर पनि चुनिए । सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर भएवापत उनले पल्सरका २ वटा बाइक प्राप्त गरे।
त्यस्तै, गण्डकी प्रदेश अर्जुन कुमाल उत्कृष्ट ब्याटर घोषित भए । अर्जुनले प्रतियोगिताका ९ खेलमा १ शतक सहित ३ सय ७४ रन बनाएका थिए । उनले पल्सर बाइक प्राप्त गरे।
त्यस्तै, आर्मीका लागि उच्च प्रदर्शन गरेका तृतराज दास उदयीमान खेलाडी घोषित भए । तृतले १० खेलमा १ शतक सहित ३ सय ६५ रन बनाएका थिए । उनले ५० हजार रुपैयाँ प्राप्त गरे।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा १ सय ५५ रनको लक्ष्य पुलिसले २५.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]