default_image

8 months ago

March 29, 2025

गुजरातले मुम्बईलाई दियो बलियो लक्ष्य

578 views

0 Bookmark

एजेन्सी – गुजरात टाईटन्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इण्डियन्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ ।

मुम्बईले जितका लागि १ सय ९७ रनको बलियो लक्ष्य पाएको छ । घरेलु मैदान नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गर्यो ।

गुजरातका लागि अघिल्लो खेलमा समेत अर्धशतक बनाएका ओपनर साई सुदर्शनले सर्वाधिक ६३ रन जोडे । उनले ४१ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे ।

पहिलो विकेटका लागि साईले कप्तान शुभमन गिलसँग मिलेर ८.३ ओभरमा ७८ रनको साझेदारी गरे । कप्तान गिल २७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडेर आउट भए ।

जोस बटलर २४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३९ रनमा आउट भए । राहुल तिवाटिया कुनै बलको सामना नगर्दै रन आउट भए ।

साहरुख खान ९ रनमा आउट हुँदा शरफेन रादरफोर्ड ११ बलमा २ छक्काको सहयोगमा १८ रन बनाउँदै आउट भए । राशिद खान ४ बलमा ६ रनमा आउट हुँदा कागिसो रबडा ७ रनमा अविजित रहे ।

मुमबईका लागि कप्तान हार्दिक पाण्ड्याले २ तथा सत्यनारायण राजु, मुजिब उर रहमान, ट्रेन्ट बोल्ट र दिपक चहरले समान १ विकेट लिए । सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।

आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग चेपकमा पराजित भएको थियो ।

सन् २०२२ मा गुजराज आइपिएलमा सहभागी भएकै वर्ष हार्दिक पाण्ड्याको कप्तानीमा च्याम्पियन भएको थियो। हार्दिक अहिले मुम्बईको कप्तानी गरिरहेका छन् ।

हेड टु हेड

गुजरात र मुम्बईबीच हालसम्म ५ खेल भएको छ । जसमा ३ खेल गुजरातले जित्दा २ मा मुम्बई विजयी भएको छ । गुजरातले आफ्नो घरेलु मैदानमा १७ खेल खेलेको छ । जसमा ९ जित र ८ मा हार बेहोरेको छ ।

मुम्बईले गुजरातसँग नरेन्द्र मोदी क्रिकेट स्टेडियममा ३ खेल खेलकोमा सबैमा हार बेहोरेको छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.