default_image

9 months ago

March 29, 2025

गुजरातले मुम्बईलाई हरायो

1165 views

0 Bookmark

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ ।

१ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि सूर्यकुमार यादवले २८ बलमा‌ ४ छक्का र १ चौकाका साथ सर्वाधिक ४८ रन जोडे ।

तेस्रो विकेटका लागि सूर्यकुमारले तिलक बर्मासँग ६१ रनको साझेदारी गरे । तिलक ३६ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाएर आउट भए ।

कप्तान हार्दिक पाण्ड्या १७ बलमा ११, रोहित शर्मा ४ बलमा ८ र रायन रिकल्टन ९ बलमा ६ रन जोड्दै आउट भए ।

नमन धीर ११ बलमा ३ चौकाको सहयोगमा १८ रनमा अविजित रहे । मिचेल सान्टनर ९ बलमा १ चौका र २ छक्काको सहयोगमा १८ रनमा नट आउट रहे ।

गुजरातका लागि मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान २ तथा साइ किशोर र कागिसो रबडाले समान १ विकेट लिए ।

त्यसअघि घरेलु मैदान नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन बनायो ।

गुजरातका लागि साई सुदर्शनले लगातार दोस्रो खेलमा अर्धशतक बनाए । आज टोलीका लागि ४१ बलमा ४ चौका र २ छक्कामा सर्वाधिक ६३ रन जोडे।

साईले कप्तान शुभमन गिलसँग पहिलो विकेटका लागि ८.३ ओभरमा ७८ रनको साझेदारी गरे । गिल २७ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा आउट भए।

जोस बटलर २४ बलमा ५ चौका र १ छक्काका साथ मा ३९ रन बनाए । राहुल तिवाटिया बलको सामना नगर्दै रन आउट भए ।

साहरुख खान ९ रनमा आउट हुँदा शरफेन रादरफोर्ड ११ बलमा २ छक्काको सहयोगमा १८ रन जोडे । राशिद खान ४ बलमा ६ रनमा आउट भए । रबडा ७ रनमा अविजित रहे ।

मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले २ तथा सत्यनारायण राजु, मुजिब उर रहमान, ट्रेन्ट बोल्ट र दिपक चहरले समान १ विकेट लिए ।

गुजरातले दोस्रो खेलमा पहिलो जित निकालेको छ । गुजरात पञ्जाब किंग्ससँगको पहिलो खेल टोलीले गुमाएको थियो।

मुम्बईको यो लगातार दोस्रो हार हो । टोली पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

मुम्बईले गुजरातसँग नरेन्द्र मोदी क्रिकेट स्टेडियममा खेलेको सबै ४ खेलमा हार बेहोरेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.