9 months ago
March 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दुई खेल हुँदैछ ।
पहिलो खेल दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच हुँदैछ । दिल्लीको दोस्रो घरेलु मैदान विशाखापटनममा नेपाली समय अनुसार खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो ।
दिल्लीले लखनउमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । हैदराबाद आज तेस्रो खेल खेल्दैछ ।
हैदराबाद पहिलो खेलमा राजस्थान रोयल्समाथि विस्फोटक ब्याटिङका कारण विजयी भएको थियो ।दोस्रो खेलमा भने लखनउसँग खराब ब्याटिङका कारण पराजित भयो ।

हैदराबादका दुई विष्फोटक ओपनर अभिषेक शर्मा र ट्राभिस हेडलाई दिल्लीका तीव्र गतिका बलर मिशेल स्टार्कले रोक्न सक्छन् ।
स्टार्कले आइपिएल २०२४ को पहिलो क्वालिफायरमा दुई बलमा रनको खाता नखोल्दै हेडलाई आउट गराएका थिए । स्टार्कले अभिषेक शर्मालाई फाइनलमा २ रनको व्यक्तिगत योगफलमा आउट गराएका थिए ।
यदि स्टार्कले यसलाई निरन्तरता दिए भने कुलदीप यादव, अक्षर पटेल र मुकेश कुमारसहित दिल्लीको बलिङ युनिटका लागि ठूलो राहत हुनेछ ।
गत सिजन हेड र अभिषेकको आक्रामक इनिङका कारण हैदराबादले दिल्लीविरुद्ध पावर प्लेमा कुनै विकेट नगुमाई १ सय २५ रन बनाएको थियो । त्यो खेल दिल्लीको अरुण जेट्ली क्रिकेट मैदानमा भएको थियो ।
तर, यस पटकको खेल विशाखापट्टनममा सरेको छ । जहाँ दिल्लीले लखनउविरुद्ध सानदार पुनरागमन जित हासिल गरेको थियो । यसैबीच, हैदराबाद पनि लखनउसँग नै पराजित भएको थियो ।
भर्खरै बाबु बनेका केएल राहुलले यसै खेलमा दिल्लीका लागि डेब्यू गर्ने सम्भावना छ । उनी कसको स्थानमा टिममा आउनेछन् त्यो भने हेर्न लायक हुनेछ । यो ब्याटिङ अनुकूल पिचमा दिउँसोको खेल हो । त्यसैले २ सय रन भन्दा बढी पहिलो पारीको स्कोर अपेक्षा गर्न सकिन्छ ।
आइपिएलमा पहिले ब्याटिङ गर्ने टिमले विशाखापट्टनममा ५० प्रतिशत खेल जितेको छ । आइपिएलको पहिलो इनिङ्समा पछिल्लो तीन खेलको रन १ सय ९१, २ सय ७२ र २ सय ९ रहेको छ ।
यि दुई टोलीबीच अहिलेसम्म आइपिएलमा २४ खेल भएका छन् । जसमा हैदराबादले १३ खेल जित्दा दिल्लीले १० खेल जितेको छ । विशाखापटनममा भने दिल्लीले खेलेका ८ मध्ये ४ मा जित र ४ मा हार बेहोरेको छ ।
आजै हुने दोस्रो खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स खेल्दै छन् ।
दुईबीचको खेल राजस्थानको घरेलु मैदान गुवाहाटीमा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । दुवै टोलीले आज तेस्रो खेल खेल्दैछन् । चेन्नई दोस्रो जितको खोजीमा रहेको छ ।
चेन्नईले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो । तर दोस्रो खेलमा घरेलु मैदानमा १७ वर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो ।
राजस्थान भने अघिल्ला दुवै खेलमा पराजित भएकोले पहिलो जितको खोजीमा छ । पहिलो खेलमा सनराइजर्स हैदराबाद र दोस्रो खेलमा कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।
आइपिएलमा दुवै टोली हालसम्म २९ पटक आमने सामने भएका छन् । जसमा चेन्नई १६ तथा राजस्थान १३ खेलमा विजयी भएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]