default_image

9 months ago

March 30, 2025

‘लिग टु’को प्रारम्भिक चरणमा ४८ खेलाडी छनोट

2966 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गत जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनोटमा ४८ खेलाडीलाई समावेश गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतवार टोली छनोट प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

क्यानका अनुसार छनोट भएका ४८ खेलाडीलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी ४ समूहमा विभाजन गरी तयारी खेलहरु संचालन गरिने छ ।

आगामी जुनमा नेपालले स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ ।

नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने क्यानले जनाएको छ । छनोटका खेलहरु आगामी साता हुने हङकङ सिरिज पश्चात हुनेछ ।

मुख्यतः लुम्बिनी प्रदेशमा शनिवार सकिएको प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिताको प्रर्दशनका आधारमा खेलाडीको‌ छनोट गरिएको बताइएको छ।

छनोटमा परेका खेलाडीहरूको यसप्रकार छन् :

रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, गुल्सन कुमार झा, करण केसी, ललित नारायण जोशी, अनिल कुमार साह, सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेक कुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जीसी, अविनाश बोहरा, मयन यादव, अर्जुन घर्ती, हेमन्त धामी, दीपेश प्रसाद कँडेल, रुपेश कुमार सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, किरण ठगुन्ना, ईशान पाण्डे, शेर मल्ल, प्रज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलीप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, शाकिब हक, विनोद भण्डारी, पवन सर्राफ, राशिद खान, अर्जुन साउद

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.