9 months ago
March 30, 2025
एजेन्सी – अनिकित बर्माको अर्धशतकमा सनराइजर्स हैदराबादले आज इण्डियन प्रिमियर लिग (आइपिएल) मा मध्यम योगफल तयार गरेको छ ।
दिल्ली क्यापिटल्सविरुद्ध सनराइजर्स हैदराबादले १ सय ६३ रन बनाएको छ । दिल्लीको घरेलु मैदान विशाखापट्टनममा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबाद १८.४ ओभरमा सबै विकेट गुमायो ।
हैदराबादका लागि युवा ब्याटर अनिकितले ४२ बलमा ६ छक्का र ५ चौकासहित सर्वाधिक ७४ रन जोडे । माथिल्लो क्रमका ४ ब्याटर सस्तैमा आउट भएर समस्यामा परेको हैदराबादका लागि अनिकितको अर्धशतकले मध्यम योगफल सम्म पुग्न सहयोग पुग्यो ।
३७ रन जोड्दा ४ विकेट गुमाएर समस्यामा पुगेको हैदराबादका लागि अनिकितले पाँचौ विकेटका लागि हेनरिक क्लासेनसँग ७७ रनको साझेदारी गरे । क्लासेनले १९ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन जोडे ।
ओपनर ट्राभिस हेड १२ बलमा ४ चौकाको सहयोगमा २२ रनमा आउट भए । अर्का ओपनर अभिषेक शर्मा १, इशान किशन २, अभिनब मनोहर ४, कप्तान प्याट कमिन्स २ तथा नितिशकुमार रेड्डी रनको खाता नखोल्दै आउट भए । हर्षल पटेल ५ तथा वयन मुल्दार ९ रन बनाए ।
हैदराबादको शीर्षक्रमलाई पेभिलियन फर्काउने क्रममा पावर प्लेमा दिल्लीका तीव्रगतीका बलर मिचेल स्टार्कले ३ विकेट लिए । स्टार्कले डेथ ओभरमा २ विकेट आफ्नो नाममा थपे ।
समग्रमा स्टार्कले ३.४ ओभरमा ३५ रन खर्चिएर ५ विकेट लिए । कुलदिप यादवले ३ र मोहित शर्माले १ विकेट लिए ।
दिल्ली लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा दिल्लीले लखनउमाथि रोमाञ्चक जित निकालेको थियो ।
उता, हैदराबाद तेस्रो खेलमा दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा राजस्थानलाई हराएको हैदराबाद दोस्रो खेलमा लखनउसँग पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]