default_image

9 months ago

March 30, 2025

स्टार्ककाे ५ विकेटमा दिल्लीको लगातार दोस्रो जित

1019 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्कको ५ विकेटको सहयोगमा दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित हात पारेको छ

दिल्लीले आज सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्यो । १ सय ६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ५० रन जोडे । उनले २७ बलको सामना गर्दै ३ चौका र ३ छक्का प्रहार गरे । पहिलो विकेटका लागि फाफले अर्का ओपनर जेक फ्रेजरले ९.१ ओभरमा ८१ रनको‌ साझेदारी गरे। ।

जेकले ३२ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३८ रन जोडे । अभिषेक पोरेल १८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३४ रनमा अविजित रहे । केएल राहुल १५ रनमा आउट हुँदा ट्रिस्टन स्टब्स २१ रनमा नट आउट रहे ।

हैदराबादका लागि तीनै विकेट यसै खेलबाट आइपिएल डेब्यु गरेका जिशान अन्सारीको नाममा रह्यो ।

त्यसअघि दिल्लीको घरेलु मैदान विशाखापट्टनममा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले अनिकित बर्माको अर्धशतक सहयोगमा १८.४ ओभरमा सबै विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

हैदराबादका लागि युवा ब्याटर अनिकितले ४२ बलमा ६ छक्का र ५ चौकासहित सर्वाधिक ७४ रन जोडेका थिए । माथिल्लो क्रमका ४ ब्याटर सस्तैमा आउट भएर समस्यामा परेको हैदराबादका लागि अनिकितको अर्धशतकले मध्यम योगफल सम्म पुग्न सहयोग पुग्यो ।

३७ रन जोड्दा ४ विकेट गुमाएर समस्यामा पुगेको हैदराबादका लागि अनिकितले पाँचौ विकेटका लागि हेनरिक क्लासेनसँग ७७ रनको साझेदारी गरे । क्लासेनले १९ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन जोडे ।

ओपनर ट्राभिस हेड १२ बलमा ४ चौकाको सहयोगमा २२ रनमा आउट भए । अर्का ओपनर अभिषेक शर्मा १, इशान किशन २, अभिनब मनोहर ४, कप्तान प्याट कमिन्स २ तथा नितिशकुमार रेड्डी रनको खाता नखोल्दै आउट भए । हर्षल पटेल ५ तथा वयन मुल्दार ९ रन बनाए ।

हैदराबादको शीर्षक्रमलाई पेभिलियन फर्काउने क्रममा पावर प्लेमा दिल्लीका तीव्रगतीका बलर स्टार्कले ३ विकेट लिए । स्टार्कले डेथ ओभरमा २ विकेट आफ्नो नाममा थपे ।

समग्रमा स्टार्कले ३.४ ओभरमा ३५ रन खर्चिएर ५ विकेट लिए । कुलदिप यादवले ३ र मोहित शर्माले १ विकेट लिए ।

दिल्ली २ खेलमा ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । दिल्लीले पहिलो खेलमा लखनउमाथि रोमाञ्चक जित निकालेको थियो ।

हैदराबादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा राजस्थानलाई हराएको हैदराबाद दोस्रो खेलमा लखनउसँग पराजित भएको थियो । १० टोलीको सहभागिता रहेको आइपिएलमा हैदराबाद २ अंकका साथ सातौं स्थानमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.