default_image

9 months ago

March 30, 2025

चेन्नईले टस जित्यो

176 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सविरुद्ध टस जितेको छ ।

राजस्थानको घरेलु मैदान गुहावटीमा चेन्नईका कप्तान ऋतुराज गायकवाडले टस जितेर बलिङ रोजेका हुन् ।

दुवै टोलीले आज तेस्रो खेल खेल्दैछन् । चेन्नई दोस्रो जितको खोजीमा रहेको छ । चेन्नईले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो । तर दोस्रो खेलमा घरेलु मैदानमा १७ वर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो ।

राजस्थान भने अघिल्ला दुवै खेलमा पराजित भएकोले पहिलो जितको खोजीमा छ । पहिलो खेलमा सनराइजर्स हैदराबाद र दोस्रो खेलमा कोलकाता नाइटराइडर्ससँग पराजित भएको थियो ।

आइपिएलमा दुवै टोली हालसम्म २९ पटक आमने सामने भएका छन् । जसमा चेन्नई १६ तथा राजस्थान १३ खेलमा विजयी भएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.