default_image

8 months ago

March 30, 2025

महिला विश्वकप छनोट- प्रारम्भिक टोलीको छनोट

667 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – महिला टि ट्वान्टी विश्व कपको एसिया छनोटका लागि २८ खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरिएको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले आइतवार बन्द प्रशिक्षणमा सहभागी रहने २८ खेलाडीको नाम घोषणा भएको हो । एसिया छनोट मे मा थाइल्यान्डमा आयोजना हुनेछ ।

आइसिसी महिला टि ट्वान्टी विश्वकप एसिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण मंगलवार सुरु हुनेछ ।

बन्द प्रशिक्षणमा परेका खेलाडी

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री , बिन्दु रावल, एलिसा कुमारी यादव, साना प्रवीण, राजमती ऐरि, रोमा थापा, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषा कुमारी उपाध्याय, सबनम राई, सिमाना के सी, रचना कुमारी चौधरी, सम्झना कुमारी खड़का, रिया शर्मा, रुवी पोद्दार, सीता राना मगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा, लक्ष्मी साउद, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, सङ्गीता राई, एलिसा खडिया।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.