default_image

9 months ago

March 30, 2025

चेन्नईलाई राजस्थानको प्रतिस्पर्धात्मक लक्ष्य

779 views

0 Bookmark

एजेन्सी – नितिश रानाको आक्रामक अर्धशतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज चेन्नई सुपर किङ्स विरुद्ध ९ विकेटको नोक्सानीमा १ सय ८२ रन बनाएको छ ।

चेन्नईले टस जितेर राजस्थानलाई‌ ब्याटिङका लागि आमन्त्रण गरेको थियो। ओपनर यशस्वी जैसवाल (५ रन) लाई सस्तैमा गुमाएको राजस्थानलाई अर्का ओपनर सन्जु सामसनले र नितिनले दोस्रो विकेटका ८२ रनको साझेदारी गरे।

सामसनले १६ बलमा समान १ छक्का र चौकासहित २० रन जोडे। नितिनले मात्र ३६ बलमा १० चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए ।

नितिन र कप्तान रियान परागले तेस्रो विकेटका‌ लागि ३८ रनको साझेदारी गरे। परागले २८ बलमा समान २ छक्का र चौकाको मद्दतमा ३७ रन जोडे। सिमरोन हेटमोयरले १९ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

खलिल अहमद, नुर अहमद, मथिसा पथिरानाले समान २ , रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले समान १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.