default_image

8 months ago

March 31, 2025

आइपिएलमा आज मुम्बई र कोलकाता खेल्दै

590 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

मुम्बईको घरेलु मैदान वान्खडे अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ। दुवै टोलीको यो तेस्रो खेल हो ।

कोलकाता २ खेलमा १ जित र १ हारका साथ अंक तालिकाको छैंटौं स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलुरुसँगको पराजित भएको कोलकाताले राजस्थान रोयल्सलाई हराएको थियो ।

मुम्बई दुवै खेलमा पराजित भएको थियो । अंक बिहिन मुम्बई तालिकाको पुछारमा छ । जारू आइपिएलमा अंक बिहिन मुम्बई एक्लो टोली हो । आज घरेलु मैदानमा पहिलो अंक बटुल्ने लक्ष्यमा मुम्बई रहेको छ ।

कप्तान हार्दिक पाण्ड्याको शब्दमा भन्ने हो भने, मुम्बईको शीर्ष क्रम अझै लयमा आएको छैन । मुम्बईले एउटा खेलमा १ सय ५५ र अर्को खेलमा १ सय ६० रन मात्र बनाएको थियो। शनिवार गुजरात टाइटन्सविरुद्धको खेलमा मुम्बईले फिल्डिङमा पनि धेरै गल्ती गरेको थियो ।

बुमराहको अनुपस्थितिमा मुम्बईका नयाँ बलमा ट्रेन्ट बोल्ट र दीपक चाहरले पावरप्लेमा एक विकेट मात्र लिएका छन् । सिनियर ब्याट्सम्यानहरू विशेष गरी रोहित शर्माबाट रन नआउनुले मुम्बईका समर्थकलाई निराश बनाएको छ ।

मुम्बईको तुलनामा कोलकातासँग चिन्ता गर्नुपर्ने धेरै विषय छैनन् । राजस्थान रोयल्सविरुद्धको पछिल्लो खेलका लागि अस्वस्थ रहेका सुनिल नारायणबिना पनि गुवाहटीको स्लो ट्रयाकमा कोलकाताले राम्रो प्रदर्शन गरेको थियो ।

यो खेलका लागि नारायण शतप्रतिशत फिट रहेका छन् । राजस्थान र बेंगलुरुविरुद्ध ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गरे । तर, बलिङमा भने केही समस्या रहेको छ । तर, कोलकाताको बलिङ मुम्बईको तुलनामा धेरै शक्तिशाली र राम्रो देखिन्छ ।

कोलकाताका लागि अघिल्लो सिजनमा दोस्रो सर्वाधिक विकेटकर्ता बनेका आन्द्रे रसेलले अझै बलिङ गर्नुपरेको छैन । यो आइपिएलमा वान्खेडेमा यो पहिलो खेल हो । यो खेलमा ओसले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छैन । टस जित्ने टोलीले बलिङ गर्दा फाइदा हुन सक्छ ।

आइपिएलमा हालसम्म कोलकाता र मुम्बई ३४ पटक आमने सामने भएका छन् । जसमा मुम्बईले २३ र कोलकाताले ११ पटक जितेको छ। वान्खेडेमा मुम्बईले ९ खेल जित्दा कोलकाता मात्र २ खेलमा विजयी भएको छ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.