9 months ago
March 31, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।
मुम्बईको घरेलु मैदान वान्खडे अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ। दुवै टोलीको यो तेस्रो खेल हो ।
कोलकाता २ खेलमा १ जित र १ हारका साथ अंक तालिकाको छैंटौं स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलुरुसँगको पराजित भएको कोलकाताले राजस्थान रोयल्सलाई हराएको थियो ।
मुम्बई दुवै खेलमा पराजित भएको थियो । अंक बिहिन मुम्बई तालिकाको पुछारमा छ । जारू आइपिएलमा अंक बिहिन मुम्बई एक्लो टोली हो । आज घरेलु मैदानमा पहिलो अंक बटुल्ने लक्ष्यमा मुम्बई रहेको छ ।
कप्तान हार्दिक पाण्ड्याको शब्दमा भन्ने हो भने, मुम्बईको शीर्ष क्रम अझै लयमा आएको छैन । मुम्बईले एउटा खेलमा १ सय ५५ र अर्को खेलमा १ सय ६० रन मात्र बनाएको थियो। शनिवार गुजरात टाइटन्सविरुद्धको खेलमा मुम्बईले फिल्डिङमा पनि धेरै गल्ती गरेको थियो ।
बुमराहको अनुपस्थितिमा मुम्बईका नयाँ बलमा ट्रेन्ट बोल्ट र दीपक चाहरले पावरप्लेमा एक विकेट मात्र लिएका छन् । सिनियर ब्याट्सम्यानहरू विशेष गरी रोहित शर्माबाट रन नआउनुले मुम्बईका समर्थकलाई निराश बनाएको छ ।
मुम्बईको तुलनामा कोलकातासँग चिन्ता गर्नुपर्ने धेरै विषय छैनन् । राजस्थान रोयल्सविरुद्धको पछिल्लो खेलका लागि अस्वस्थ रहेका सुनिल नारायणबिना पनि गुवाहटीको स्लो ट्रयाकमा कोलकाताले राम्रो प्रदर्शन गरेको थियो ।
यो खेलका लागि नारायण शतप्रतिशत फिट रहेका छन् । राजस्थान र बेंगलुरुविरुद्ध ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गरे । तर, बलिङमा भने केही समस्या रहेको छ । तर, कोलकाताको बलिङ मुम्बईको तुलनामा धेरै शक्तिशाली र राम्रो देखिन्छ ।
कोलकाताका लागि अघिल्लो सिजनमा दोस्रो सर्वाधिक विकेटकर्ता बनेका आन्द्रे रसेलले अझै बलिङ गर्नुपरेको छैन । यो आइपिएलमा वान्खेडेमा यो पहिलो खेल हो । यो खेलमा ओसले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छैन । टस जित्ने टोलीले बलिङ गर्दा फाइदा हुन सक्छ ।
आइपिएलमा हालसम्म कोलकाता र मुम्बई ३४ पटक आमने सामने भएका छन् । जसमा मुम्बईले २३ र कोलकाताले ११ पटक जितेको छ। वान्खेडेमा मुम्बईले ९ खेल जित्दा कोलकाता मात्र २ खेलमा विजयी भएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]