9 months ago
April 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अफगानिस्तान यु-१९ टोलीले पहिलो ५० ओभरको अभ्यास खेलमा नेपाललाई पराजित गरेको छ ।
नेपाल यु-१९ ले बिहीवार भएको खेलमा १ सय ३० रनको हार बेहोरेको हो । अफगानिस्तानले ३ अभ्यास खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
३ सय १ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १ सय ७० रन बनाउँदै अल आउट भयो ।
नेपालका लागि ओपनर निरज कुमार यादवले ६१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ खेले । सन्तोष यादव ३९ बलमा १ चौकाको सहयोगमा २४ रन बनाए ।
कप्तान नरेन भट्ट १३, सिब्रिन श्रेष्ठ ११, अमर मिश्र १, रोशन विश्वकर्मा ४ तथा ओपनर साहिल पटेल २ रनमा आउट भए । असोक धामी २४ र अभिषेक तिवारी १७ रनमा जोडे ।

नेपाली इनिङ सस्तैमा समेट्न अफगानिस्तानका वाहिदुल्लाह जाद्रान, जियाउल्लाह शाहीदी र मेहबुब खानले समान २ तथा अब्दुल अजिज, नोरिस्तानी उमजाईं र नजिफुल्लाह अमिरिले समान १ विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनाएको थियो ।
अफगानिस्तानका लागि फैसल शिनोजादले ८८ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ९७ रन बनाएका थिए । फैसल र ओपनर खालिद अहमदजईले दोस्रो विकेटका लागि १ सय ५४ रनको साझेदारी गरेका थिए । उनीहरुको शतकीय साझेदारी नेपालका बायाँ हाते स्पिनर सन्तोष यादवले तोडेका थिए ।
ओपनर खालिद १ सय ७ बलमा ६ चौकाको सहयोगमा ७६ रन बनाएका थिए । खालिद र फैसल दुवै सन्तोषको शिकार बनेका थिए । बर्कत इब्राहिमजीले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रन जोडेका थिए ।

अजिज मिअया खिल २० बलमा २१, ओपनर उजेरउल्लाह नियाजी २२ बलमा २४ रनमा आउट हुँदा नोरिस्तानि उमरजाईं र जियाउल्लाह शाहिदीले रनको खाता नै खोल्न सकेनन् ।
नजिफुल्लाह अमिरि १० रनमा आउट हुँदा अब्दुल अजिज १५ रनमा नट आउट रहे । अफगानिस्तानले २ सय ३ रन जोड्दा १ विकेट मात्र गुमाएर विशाल योगफल बनाउँने संकेत गरेको थियो ।
तर, खेलमा नेपाली बलरहरुले उत्कृष्ट पुनरागमन गरेपछि ९७ रन जोड्दा ८ विकेट गुमाउन पुग्यो ।
नेपालीका सन्तोष यादवले १० ओभरमा ६४ रन खर्चिएर ३ विकेट लिए । अभिषेक तिवारीले ८ ओभरमा ६१ रन खर्चिएर २ विकेट लिए । दयानन्द मण्डल तथा विपिन शर्माले समान १ विकेट आफ्नो नाममा गरे ।

नेपाल र अफगानिस्तान यु-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन् । छनोट अघि दुवै टोलीले ३ खेलको ५० ओभरको अभ्यास सिरिज खेलिरहेका हुन् ।
दोस्रो अभ्यास खेल आइतवार हुनेछ । एसिया छनोट अर्को साता नेपालमा सुरु हुँदैछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, युएई र ओमा टोलीको सहभागिता रहनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]