8 months ago
April 3, 2025
धनगढी (हाम्रो खेलकुद)- धनगढी यसै महिनाको अन्त्यमा सुरु हुने टिम ११ संस्कार क्रिकेट लिग टि ट्वान्टी सिनियर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
गोदावरी नगरपालिका–८ स्थित संस्कार विद्याश्रम मन्टेश्वरी स्कुलको आयोजनामा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा चैत ३० देखि २०८२ वैशाख ७ गतेसम्म प्रतियोगिता सन्चालन हुँदैछ।
संस्कार विद्याश्रमले बिहीवार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो। प्रतियोगितामा कैलालीका १२ र डोटीको १ गरि १३ वटा टोलीको सहभागिता रहने बताइएको छ।

प्रतियोगोताको मुख्य प्रायोजक टिम ११ काठमाडौं र अन्य स्थानिय प्रायोजक रहेको प्रतियोगिताका निर्देशक रामचन्द्र शाहीले जानकारी दिए ।
प्रतियोगीताको विजेता टोलीले १ लाख ११ हजार १ सय १ रुपैयाँ र दोस्रो टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले ५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन्।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]