9 months ago
April 3, 2025
एजेन्सी – सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिग(आइपिएल) मा लगातार तेस्रो हार बेहारेको छ
कोलकाता नाइट राइडर्सले हैदराबादलाई बिहीवार ८० रनले हराएको छ। हैदराबादले सिजनको पहिलो खेलमा राजस्थानलाई हराएको थियो । त्यसपछि लगातार तीन खेल हारेको छ ब।
२ सय १ रनको लक्ष्य पछ्याएको हैदराबाद १६.४ ओभरमा १ सय २० रनमा समेटियो ।

हैदराबादका हेनरिक क्लासेनले २१ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३३ रन जोडे । कमिन्डु मेन्डिसले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए ।
नितिशकुमार रेड्डी १५ बलमा १९, ओपनर ट्राभिस हेड २ बलमा ४, अभिषेक शर्मा ६ बलमा २, इशान किसन ५ बलमा २ तथा अनिकित बर्मा ६ बलमा ६ रनमा आउट भए ।
हैदराबादलाई रोक्न बैभव अरोरा र वरुण चक्रवर्तीले समान ३, आन्द्रे रसेलले २ तथा हर्षित राना र सुनिल नारायणले समान १ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि घरेलु मैदान इडन गार्डेन्समा टस हारेर बलिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

कोलकाताका वेंकटेस अय्यरले २९ बलमा ७ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६० रन जोडेका थिए ।
पाँचौ विकेटका लागि रिंकु सिंहसँग अय्यरले ९१ रनको साझेदारी गरे । रिंकु १७ बलमा ४ चौका र १ छक्कामा ३२ रन बनाउँदै नट आउट रहे ।
अंगकृष्ण रघुवंशीले ३२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए । टोलीको स्कोर १४ रनमा रहँदा पहिलो ओपनर क्विटन डि कक १ रनमा आउट भएकामा अर्का ओपनर सुनिल नारायण ७ रन बनाउँदै आउट भए ।
तेस्रो विकेटका लागि कप्तान अजिक्या रहाणे र रघुवंशीले ८१ रनको महत्वपूर्ण साझेदारी गरे । कप्तान राहाणेले २७ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८ रन जोडेका थिए ।
सुरुवात राम्रो गर्न नसकेको कोलकालाले पछिल्लो ५ ओभरमा २ विकेट गुमाएर ७८ रन जोड्न सफल भएकाे थियाे ।
हैदराबादका लागि हर्षल पटेल, मोहम्मद सामी, कप्तान प्याट कमिन्स, जिशान अन्सारी र कमिन्डु मेन्डिसले समान १ विकेट आफ्नो नाममा गरेका थिए ।

हैदराबादले दोस्रो खेलमा लखनउ सुपर जायन्ट्ससँग र तेस्रो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो । हैदराबाद ४ खेलमा २ अंकका साथ पुछारमा छ ।
कोलकाता पछिल्लो खेलमा मुम्बई इण्डियन्ससँग पराजित भएको थियो । ४ खेलमा ४ अंकका साथ कोलकाता तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]